माओवादी केन्द्रको योजना निर्माण सम्बन्धि कार्यशाला सम्पन्न
  • काँचुली खबर

१५ साउन, कोहलपुर । नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिले अर्धवार्षिक समिक्षा तथा योजना निर्माण सम्बन्धि एक दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । बिहिबार नेकपा (माओवादी केन्द्र) का केन्द्रिय उप-महासचिव वर्षमान पुन (अनन्त) को प्रमुख आतिथ्यतामा पार्टीको योजना निर्माण सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।

पुनले भर्चुअल माध्यमबाट गोष्ठीको उद्घाटन गरेका थिए । गोष्ठीको उद्घाटन गर्दै पुनले प्रशिक्षणमुलक मन्तब्य राखेका थिए । वर्तमान राजनितिक घटनाक्रम र पार्टीले खेल्नुपर्ने भुमिकाका बारेमा धारणा राख्दै पुनले कोहलपुर नगर पार्टीले वार्षिक योजना निर्माणकालागि गरेको पहलको प्रशंसा समेत गरेका थिए । उनले हरेक क्षेत्रमा देखिएका विकृती विसंगती बिरुद्ध आवाज बुलन्द गराउँदै पार्टीका गतिविधिहरुलाई अगाडी बढाउनुपर्नेमा जोड दिएका थिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

कार्यक्रममा पार्टीका गतिविधिका बारेमा अर्धवार्षिक समिक्षा समेत भएको नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिका अध्यक्ष बल बहादुर खड्का (अबिरल) ले जानकारी दिए । साथै नगर समितिले आगामी एक वर्षमा गर्नुपर्ने कार्यहरू समेटेर कार्ययोजना निर्माणकालागी घनिभुत छलफल भएको खड्काले बताए ।

पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला र नगरका विभिन्न कमिटीमा आबद्ध नेता र जनवर्गीय संगठनका नेतृत्वको सहभागितामा कार्ययोजनाका विषयमा वृहत् छलफल भएको खड्काले बताए । ‘हामीले कार्यभार सम्हालेको ६ महिना पुगेको छ । यो अवधिमा हामीले प्रारम्भिक योजनाअनुसार काम गर्यौं । अब पार्टीले आगामी एक वर्षमा गर्ने कामका विषयमा कार्ययोजना निर्माण गर्न लागेको हो,’ उनले भने ।

पार्टीलाई पूर्णत जनतामा समर्पित गर्ने, नेताहरूलाई जनता, श्रमसँग जोड्ने र वडा कमिटीहरूलाई थप प्रभावकारी बनाउने गरी कार्ययोजना निर्माण गरीने अध्यक्ष खड्काले बताए ।

कार्यशालाबाट प्राप्त रचनात्मक र सिर्जनात्मक सुझावलाई समेटेर कार्ययोजनालाई अन्तिम रुप दिइने खड्काको भनाइ छ । कार्ययोजनामा प्रमुख जनजीविकाका सवाल, सहिद तथा बेपत्ता परिवारसँग पार्टीलाई जोड्ने, उनीहरूका समस्या समाधान गर्ने विषय पनि कार्ययोजनामा समेटिनेछ ।

कार्यशाला गोष्ठिमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) स्थायी कमिटी सदस्य तथा बाँके इन्चार्ज पूर्णाकुमारी सुवेदी, केन्द्रीय सदस्यहरु नरेन्द्र न्यौपाने, उषा पुन, नेकपा (माओवादी केन्द्र) बाँकेका संयोजक नरेन्द्र पाण्डे (जेम्स) लगाएत नेता कार्यकर्ताहरुले सुझाव सहितको राय ब्यक्त गरेका थिए ।

  • १६ श्रावण २०८२, बिहीबार १८:५८ प्रकाशित
  • Nabintech