ममता थापा ग्लोबल युनि नेटवर्कको ब्राण्ड एम्बासडरमा नियुक्त
  • काँचुली खबर

१५ साउन, कोहलपुर । क्रिकेटर ममता थापा ग्लोबल युनि नेटवर्कको ब्राण्ड एम्बासडरमा नियुक्त भएकी छन । कोहलपुरमा बिहिबार पत्रकार सम्मेलनमार्फत ग्लोबल युनि नेटवर्कले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्व उप-कप्तान थापालाई ब्राण्ड एम्बासडर घोषणा गरेको हो ।

ग्लोबल युनि नेटवर्कका निर्देशक नविन बुढाक्षेत्री र क्रिकेटर थापाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार थापा एक वर्षका लागि ब्राण्ड एम्बास्डरमा नियुक्त भएकी हुन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

काठमाण्डौंमा प्रधान कार्यालय रहेको ग्लोबल युनि नेटवर्कले बाँकेको कोहलपुरमा शाखा कार्यालय स्थापना गरेर उच्च अध्ययनकालागी बिदेश जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श प्रदान गर्दै आईरहेको निर्देशक बुढाक्षेत्रीले बताए । उनले संस्थाको केन्द्रिय निति अनुसार नै थापालाई ब्राण्ड एम्बासडर नियुक्त गरीएको बताए ।

कार्यक्रममा बोल्दै क्रिकेटर थापाले ग्लोबल युनि नेटवर्कसँग जोडिन पाउँदा खुशी व्यक्त गरीन । उनले खेलकुद र शिक्षा एकआपसमा पारस्परीक सम्बन्ध भएका बिधा भएकाले आफुलाई काम गर्न सहज हुने प्रतिक्रिया दिदैं संस्थाको अभियानमा जोडिएर योगदान दिन पाउनु खुसीको कुरा भएको उल्लेख गरीन ।

शैक्षिक परामर्शदाता ग्लोबल युनि नेटवर्क अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापान, बेलायत लगायतका देशका विश्वविद्यालयको डिग्री हासिल गर्ने नेपाली विद्यार्थीको चाहनामा सहयोग गर्दै आएको छ ।

  • १६ श्रावण २०८२, बिहीबार १८:१८ प्रकाशित
  • Nabintech