१३ साउन, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-५ का वडाध्यक्ष लोकबहादुर शाहीको निधन भएको छ।
काठमाडौंको वीर अस्पतालबाट एम्बुलेन्समार्फत घर फर्किंदै गर्दा भेरीगंगा नगरपालिका-५, हर्रे नजिकै आज बिहान साढे ११ बजे उनको मृत्यु भएको हो।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विगत एक वर्षदेखि फोक्सोको क्यान्सरले पीडित शाहीलाई पछिल्लो समयमा निमोनियाले पनि च्यापेको थियो। वीर अस्पतालमा उपचार सम्भव नभएको भन्दै चिकित्सकले घर लैजान सल्लाह दिएका थिए।
वडाध्यक्ष शाहीको भोलि बिहान ९ बजे सुर्खेतको भेरी नदी किनारमा दाहसंस्कार गरिने भएको छ। वीरेन्द्रनगर नगरपालिकाले उनको निधनमा शोक मनाउँदै बुधबार बिदा दिने निर्णय गरेको छ।
लोकबहादुर शाही २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।
१४ श्रावण २०८२, मंगलवार १६:११ प्रकाशित