एक युवतीसँग सहोदर दुई दाईभाईले गरे विवाह
  • काँचुली खबर

एजेन्सी । भारतको हिमाचल प्रदेशस्थित सिरमौर जिल्लाको शिलाई गाउँमा हालै भएको एउटा “अनौठो” विवाहबारे निकै चर्चा र बहस भइरहेको छ। कुम्हाट गाउँकी सुनिता चौहानले दुई सहोदर दाजुभाइ प्रदीप नेगी र कपिल नेगीसँग एकैसाथ विवाह गरेकी हुन्।

उक्त विवाह अनुसूचित जनजातिको दर्जा पाएको हाटी समुदायको एउटा प्रचीन बहुपति प्रथाअनुरूप भएको हो। त्यसलाई स्थानीय भाषामा “जोडीदारा” वा ‘जाजडा” भनिन्छ। उक्त विवाहमा सयौँ गाउँले तथा आफन्तहरू सहभागी भए। पारम्पारिक व्यञ्जन, लोकगीत तथा नृत्यले उक्त समारोहलाई स्मरणीय बनाएको थियो।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

सांस्कृतिक परम्पराको उदाहरण बनिरहँदा उक्त विवाहबारे कैयौँ प्रश्न पनि खडा भएका छन्।

कति पुरानो परम्परा ?

दुलहाहरू र दुलहीको गाउँ १५ किलोमिटरको दूरीमा छ। उक्त क्षेत्र प्रदेश राजधानी शिमलाबाट करिब १३० किलोमिटरको दुरीमा पर्छ।

दुवै परिवार हाटी समुदायका हुन्। उक्त समुदायको मूल रूपमा सिरमौर जिल्लाको गिरीपार (गिरी नदीको पारि) क्षेत्रका अलावा उत्तराखण्डको जोनसार-बाबर तथा रवाई-जोनपुर क्षेत्रमा पनि बसोबास छ।

यस समुदायमा बहुपति प्रथा लामो समयदेखि प्रचलनमा छ। परिवारमा एकता कायम राख्नु र पैतृक सम्पत्तिको भागबन्डा रोक्नु उक्त विवाहको उद्देश्य भएको यसका जानकारहरू बताउँछन्।

यस प्रथामा एक महिलाले दुई वा धेरै दाजु-भाइसँग विवाह गर्छिन् र घरको जिम्मेवारी आपसी सहमतिमा पूरा गर्ने गरिन्छ। उक्त परम्परा सिरमौरका अलावा शिमला, किन्नौर तथा लाहौलका केही हिस्सामा समेत देख्न पाइन्छ।

सांस्कृतिक पहिचान

बाह्र जुलाईदेखि सुरु भएको यस विवाह समारोहको एउटा पक्ष के पनि हो भने दुलही तथा उनका दुवै पति पढेलेखेका व्यक्ति हुन्। दुलही सुनीता आईटीआईमा पढेकी हुन्।

प्रदीप राज्य सरकारको जलशक्ति विभागमा काम गर्छन् भने कपिल विदेशमा हस्पिटालिटी क्षेत्रमा क्रियाशील छन्।

आफ्नो विवाहबारे सुनीताले बीबीसी हिन्दीसँग भनिन्, “यो मेरो आफ्नै निर्णय हो। मलाई उक्त परम्पराबारे थाहा थियो र मैले यसलाई अपनाएँ।”

त्यस्तै प्रदीप भन्छन्, “हाम्रो संस्कृतिमा यसलाई विश्वास, हेरचाह र साझा जिम्मेवारीको सम्बन्धका रूपमा लिइन्छ।”

कपिलले भने, ‘विदेशमा बस्ने भए पनि म यो सम्बन्धप्रति प्रतिबद्ध छु र आफ्नी पत्नीलाई स्थिरता र प्रेम दिन चाहन्छु।”

पारम्पारिक रमलसार पूजापद्धतिअनुरूप उक्त विवाह सम्पन्न गरियो। यस विधिमा अग्निको वरिपरि घुम्नेभन्दा त्यसको अघिल्तिर उभिएर कसम खाइन्छ। त्यसलाई “सिन्ज” भनिन्छ।

“जोडीदारा” प्रथामा दुलहीको घरबाट दुलहाको घर जन्ती जान्छ। यसैले पनि उक्त प्रथालाई प्रचलितभन्दा भिन्न ठानिन्छ।

कानुनी मान्यता

हिमाचल प्रदेशमा यो प्रथा “वजिब उल अर्ज” नामको औपनिवेशिक कालको राजस्व दस्तावेजमा दर्ता भएको पाइन्छ। उक्त दस्तावेजमा गाउँठाउँका सामाजिक तथा आर्थिक प्रथाहरूलाई दर्ता गर्ने गरिएको र त्यसले “जोडीदारा”लाई हाटी समुदायको परम्पराको रूपमा मान्यता दिएको देखिन्छ।

उक्त प्रथाको उद्देश्य कृषियोग्य भूमिको बाँडफाँट रोक्नु र परिवारलाई एकताबद्ध राख्नु रहेको बताइन्छ।

“हिन्दू विवाह अधिनियम”ले एकपत्नी विवाहलाई वैध मान्ने भएकाले यस किसिमका विवाहको कानुनी स्थितिलाई लिएर प्रश्न उठ्ने गर्दछ।

हिमाचल प्रदेश हाई कोर्टका अधिवक्ता सुशील गौतम भन्छन्, “दुवै विवाह एकैसाथ सम्पन्न हुने भएकाले हिन्दू विवाह अधिनियम, १९५५ को धारा ५ र भारतीय न्यायसंहिता बीएनएसको धारा ३२ लागु हुँदैन।”

वीवीसीबाट

  • १४ श्रावण २०८२, मंगलवार १५:३६ प्रकाशित
  • Nabintech