LTU मा स्नातक तहको भर्ना खुला, अनलाईनबाटै आवेदन दिन सकिने
  • काँचुली खबर

१२ साउन, नेपालगञ्ज । शैक्षिक सत्र २०८२ का लागि लुम्बिनी प्राविधिक विश्वविद्यालयको स्नातक तहका विभिन्न प्राविधिक कार्यक्रमहरूमा भर्ना खुलेको छ ।

विश्वविद्यालयका डिन डा. निरज केसीले B.Tech in Civil Engineering, IT Engineering, Computer Science & Artificial Intelligence तथा Information Technology मा भर्ना खुला गरिएको जानकारी दिए । उनका अनुसार दोस्रो र तेस्रो ब्याचका विद्यार्थीहरूलाई भर्ना गरिनेछन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

भर्नाकालागि entrance.ltu.edu.np मा अनलाइनमार्फत आवेदन दिने सकिने छ । कक्षा १२ को नतिजाको प्रतीक्षामा रहेका विद्यार्थीहरू पनि परीक्षा दिन योग्य हुने विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयका कुल सचिव रेग बहादुर भण्डारीले आर्थिक रूपमा कमजोर, जेहेन्दार तथा विशेष समुदायका विद्यार्थीहरूलाई लक्षित गरी छात्रवृत्ति योजना बनाइएको बताए । उनका अनुसार पूर्ण छात्रवृत्ति ६ जना, ७५% छुट ३६ जना, ५०% छुट २८ जना र २५% छुट थुप्रै विद्यार्थीलाई प्रदान गरिनेछ ।

हाल विश्वविद्यालयमा १९८ विद्यार्थी अध्ययनरत छन् भने आगामी वर्षहरूमा संख्यात्मक वृद्धि गर्दै समावेशी, शुलभ र गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्ने लक्ष्य लिइएको भण्डारीले बताए ।

विश्वविद्यालयका मुख्य विशेषता अन्तर्गत गुणस्तरीय र उद्योगमैत्री पाठ्यक्रम, ६० प्रतिशत आन्तरिक मूल्यांकन प्रणाली, एक महिनाभित्र नतिजा प्रकाशन र ग्रेड वृद्धि पुनः परीक्षाको व्यवस्था गरिएको भण्डारीले बताए ।

भर्ना आवेदनकालागी यहाँ क्लिक गर्नुहोलाः entrance.ltu.edu.np

  • १३ श्रावण २०८२, सोमबार १३:०५ प्रकाशित
  • Nabintech