९ साउन, कोहलपुर । बि नेक्स्ट ईभेन्ट नेपाल प्रा.लि. ले बाँकेको कोहलपुरमा नयाँ प्रतिभाको खोजी गर्ने भएको छ । प्रा.लि.ले पहिलो पटक “Next Model Kohalpur-Season 1” आयोजना गर्ने भएको छ ।
शुक्रबार कोहलपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै बि नेक्स्ट ईभेन्ट नेपाल प्रा.लि.ले स्थानीय युवा प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने उद्देश्यले कोहलपुरमा पहिलोपटक “Next Model Kohalpur-Season 1” आयोजना गर्न लागेको जनाएको छ ।
            
                
                    
वर्गीकृत विज्ञापन
                
                
                    
                        
                                                            
                                    
                                        
                                            निर्माणका लागि
                                            “निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
                                         
                                     
                                 
                                                            
                                    
                                        
                                            विज्ञापनको लागि
                                            “विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
                                         
                                     
                                 
                                                            
                                    
                                        
                                            विज्ञापनको लागि
                                            “विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
                                         
                                     
                                 
                                                            
                                    
                                        
                                            विज्ञापनको लागि
                                            “विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
                                         
                                     
                                 
                                                     
                        
                        
                     
                 
             
            
यहि १० गते शनिबार होटल ट्रिटप हेभन कोहलपुरमा अडिसन सुरु हुने जानकारी दिदैं आयोजकले मोडलिङ, फेसन, कला र संस्कृतिमा रुचि राख्ने नवप्रतिभाहरूमाझ उनीहरूको क्षमता उजागर गर्ने अवसर प्रदान गर्ने दावी गरेको छ । यसले खासगरी कोहलपुरलगायत आसपासका युवायुवतीहरूलाई राष्ट्रिय स्तरको मञ्चमा पहुँच पुर्याउने लक्ष्य लिएको छ।
“फेसन तथा मोडलिङ क्षेत्रमा भविष्य खोजिरहेका सहभागीहरूले व्यक्तित्व विकास, र्याम्प वाक, फोटोशूट, संवाद कला, फेसन गाइडजस्ता सीपहरूमा तालिम प्राप्त गर्न सक्नेछन्। यसमार्फत उनीहरूलाई फेसन शो, म्युजिक भिडियो, विज्ञापन तथा डिजिटल प्लेटफर्मजस्ता माध्यममा आफ्नो प्रस्तुती दिने अवसर पनि मिल्नेछ ।” आयोजकद्धारा जारी गरीएको प्रेस नोटमा भनिएको छ ।
१६ देखि ३० वर्ष उमेर समूहका युवा-युवतीहरूकालागि प्रतिस्पर्धा खुला गरिएको छ । उत्कृष्ट प्रतिभाहरूलाई नगद पुरस्कारका साथै ट्रफी र प्रमाणपत्र तथा भविष्यमा आयोजना हुने ठूला फेसन इभेन्टहरूमा प्रत्यक्ष सहभागिता दिलाइने योजना रहेको आयोजकले जनाएको छ ।
कार्यक्रम आयोजक संस्था निर्देशक भरत चन्द ठकुरीले ईभेण्टको अडिसन राउण्डमा राष्ट्रियस्तरमै ख्याती कमाएका फेसन उद्योगका ब्यक्तीहरुको उपस्थिती रहने बताए । अडिसनबाट छनौट भएका प्रतियोगीहरुलाई १ महिनासम्म विभिन्न विधामा तालिम दिएर उनिहरुको ब्यक्तित्व विकास गरीने ठकुरीले बताए ।
दीर्घकालीन रूपमा यो कार्यक्रमले कोहलपुरका युवाहरुलाई फेसन तथा मोडलिङ क्षेत्रमा स्थापित गर्न, उनीहरूको प्रतिभालाई फिल्म, ब्लग र डिजिटल मिडियामार्फत अगाडि ल्याउन र कोहलपुरलाई सांस्कृतिक तथा फेसन गन्तव्यको रूपमा चिनाउन ठोस योगदान गर्ने अपेक्षा आयोजकले गरेको छ ।
पत्रकार सम्मेलनमा फेसन क्षेत्रमै ख्यातिप्राप्त डिजाईनर प्रतिभा खड्का र चर्चित मेकअप आर्टिस्ट प्रनिता केसीको विशेष उपस्थिति रहेको थियो ।
     १० श्रावण २०८२, शुक्रबार १७:२३ प्रकाशित