मनसुनमा पनि परेन पानी, बाँकेमा २५ प्रतिशत जमिन बाँझै
  • काँचुली खबर

८ साउन, नेपालगञ्ज । साउनको पहिलो हप्ता कटिसक्दा पनि पानी नपर्दा बाँकेका किसान चिन्तित भएका छन् । मानो खाएर मुरी फलाउने यो बेला पानी नपर्दा यहाँका किसान आकाश हेर्दै बसेका छन् । ‘आकाशमा बादल हेर्दै बसेका छौँ। पानी पर्न सकेको छैन,’डुडुवाका किसान राजकुमार शुक्ला भन्छन्,’पानी नपर्दा रोपाइँ गर्न पाएका छैनौँ।’ उनले खडेरीको चिन्ता बढेको बताए ।

यो वर्ष अहिलेसम्म ठूलो पानी परेको छैन । सिक्टा सिँचाइ आयोजनाले केही क्षेत्रमा छोडेको पानी, बोरिङ, पम्पसेट, मोटर चलाएर अहिलेसम्म बाँकेमा ७५ प्रतिशत रोपाइँ भएको छ । पानीको कुनै सुविधा नभएको ठाउँको खेतमा धुलो उडिरहेको छ । जेनतेन रोपेका धेरै ठाउँमा धान सुकिसकेको छ । खेतमा धाँजा फाटेको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख विनोद घिमिरेले सिँचाइको सुविधा भएको राप्तीसोनारी, बैजनाथ गाउँपालिकामा धेरैँ रोपाइँ भएको र नरैनापुर, डुडुवा, जानकी गाउँपालिकामा कम रोपाइँ भएको जानकारी दिए ।

त्यसो त बाँकेमा वर्षेनीजसो धान उत्पादनको क्षेत्र घट्दै गएको छ । ३६ हजार ५ सय हेक्टरमा धान उत्पादन हुँदै आएकोमा गतवर्ष ३४ हजार ७ सय ११ हेक्टरमा धान खेती भएको थियो । समयमा पानी नपर्दा धान खेती घट्दै गएको छ । आर्थिक वर्ष २०८०/८१ मा बाँकेमा एक हेक्टरमा ४.२ मेट्रिक टन धान फलेको थियो । आव ०७९/८० मा प्रतिहेक्टर ३.६५ मेट्रिक टन धान फलेको थियो । कार्यालय प्रमुख घिमिरेले गतवर्ष १ लाख ४५ हजार मेट्रिक टन धान उत्पादन भएको बताए ।

पानी नपर्दा तापक्रम बढिरहेको छ । बाँकेमा ४२ डिग्री तापक्रम पुगिसकेको छ । पछिल्ला दिनमा ४० डिग्री आसपासमा तापक्रम रहेको छ । चर्को गर्मीले यहाँको जनजीवन प्रभावित भएको छ । बाँकेमा भदौ पहिलो हप्तासम्म रोपाई हुने गर्दछ । अहिलेसम्म पानी नपरेपनि खडेरी भन्न नमिल्ने कृषिसम्बद्ध बताउँछन् । ‘यहाँ भदौसम्म रोपाइँ हुन्छ । अझै समय छ । अहिले नै खडेरी भन्न मिल्दैन,’ घिमिरे भने ।

केही वर्षयता समयमा पानी नपर्ने, किसानले जेनतेन रोपाइँ गरिसकेपछि ठूलो पानी परेर नोक्सान गर्ने गरेको छ । अघिल्लो वर्ष धान पाक्ने बेलामा ठूलो पानी परेको थियो । जसले किसानलाई ठूलो नोक्सानी पुर्‍यायो ।

गौरवको आयोजना सिक्टा सिँचाइँ पूर्ण नहुँदासम्म यहाँको किसानको दुःख फेरिने अवस्था देखिँदैन । आव २०६१/६२ देखि सुरु भएको सिक्टाको काम अझै सकिएको छैन । यसमा समय घर्किरहेको छ भने आर्थिक भार थपिँदै गएको छ ।

  • ९ श्रावण २०८२, बिहीबार १६:१४ प्रकाशित
  • Nabintech