मानखोलामा वेवारीसे शव फेला
  • काँचुली खबर

८ साउन, बर्दिया । बर्दियाको मानखोलामा एक व्यक्तीको वेवारीसे शव फेला परेको छ । बढैयाताल गाउँपालिका वडा नं. ४ स्थित मानखोलामा अज्ञात पुरुषको शव फेला परेको हो । गत राति करिब १०:३० बजे स्थानीय बासिन्दाले खोलाको बीच भागमा एक पुरुष व्यक्ति घोप्टो अवस्थामा मृत देखेपछि इलाका प्रहरी कार्यालय मैनापोखरलाई जानकारी गराएका थिए ।

सूचना पछि घटनास्थल पुगेको प्रहरीले शवलाई खोलाबाट निकालेर लाशको मुचुल्का तयार गरी अनुसन्धान सुरु गरेको गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक चक्र बहादुर डमरपालले जानकारी दिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

हालसम्म मृतकको नाम, थर र वतन खुल्न नसकेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार अन्दाजी ५०-५५ वर्षका मृतकको हुलिया खुलेको छैन । खरानी रंगको जेन्स कुर्ता, भित्र रातो गन्जी, तल खरानी रंगकै हाफ कट्टु र टाउकोमा कालो भातगाउँले टोपी लाएका ब्यक्तीको शवलाई हाल बर्दिया अस्पताल गुलरिया स्थित शवगृहमा राखिएको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाले यदि कसैलाई उक्त व्यक्तिको पहिचान थाहा भएमा तुरुन्त ९८५८०९०१०१, १०० नम्बर वा नजिकको कुनै पनि प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ।

  • ९ श्रावण २०८२, बिहीबार १५:५३ प्रकाशित
  • Nabintech