८ साउन, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको गोरखा युनाईटेड पब्लिक स्कुल सामाजिक सुरक्षा कोषमा आबद्ध भएको छ ।
निजि तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल बाँकेमा आवद्ध सम्पुर्ण सदस्य विद्यालयहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुनलाई आह्वान गर्ने प्याब्सनको श्रावण २ गते गरेको निर्णय बमोजिम गोरखा युनाईटेड पब्लिक स्कुल कोषमा आवद्ध भएको हो । विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी र श्रमिकहरुलाई कोषमा आवद्ध हुने ब्यवस्था मिलाईएको विद्यालयका संस्थापक तथा सञ्चालक अध्यक्ष केशर बहादुर आलेले बताए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
आलेका अनुसार विद्यालयमा कार्यरत १ सय २४ जना शिक्षक कर्मचारीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध बनाईएको छ । अब विद्यालयले मासिक रुपमा २० प्रतिशत र सम्वन्धित शिक्षक कर्मचारीको तलबबाट ११ प्रतिशत कट्टागरी आउने योगफल रकम सामाजिक सुरक्षा कोषमा जम्मा गरीने आलेले बताए । “हामीले चालु आर्थिक वर्षदेखि यो सुविधा प्रदान गर्ने निर्णय गरेका छौं, यसबाट विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुलाई भविष्यको साहारा बन्ने विश्वास लिएका छौं” आलेले भने ।
सरकारले सरकारी, निजि, प्रतिष्ठान, उद्योग तथा संघ संस्थालाई अनिवार्य रुपमा सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने बताएपनि कार्यान्वयन हुन सकिरहेको छैन । यद्यपी यस वर्षदेखि भने सरकारले कडाई गर्ने रणनिती लिएपछि यतिबेला बाँके जिल्लाका सरकारी, निजि, प्रतिष्ठान, उद्योग तथा संघ संस्थाहरु सामाजिक सुरक्षा कोषमा आवद्ध हुने क्रम बढदै गएको सामाजिक सुरक्षा कोष नेपालगञ्जका प्रमुख चिरिञ्जीवी न्यौपानेले बताए ।
सामाजिक सुरक्षा कोष (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६७ बमोजिम नेपाल सरकारद्वारा स्थापना गरिएको कोष हो। यस कोषको स्थापना २०६७ साल चैत्र ७ मा भएको थियो। कोषले सामाजिक सुरक्षा करको व्यवस्थापन गर्ने तथा सामाजिक सुरक्षा ऐन, २०७४ बमोजिमको कार्य गर्दछ भने कोषको उद्देश्यहरूमा श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्नु तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्नु हो ।
सामाजिक सुरक्षा कोषमा आवद्ध भएका योगदानकर्ताहरुले अवकाश योजना, निवृत्तिभरण (पेन्सन) योजना, औषधि-उपचारमा सुविधा सँगै ऋण सुविधा समेत व्यवस्था छ ।
९ श्रावण २०८२, बिहीबार १३:४६ प्रकाशित