१८औं ब्याजका विद्यार्थीहरुलाई गोरखामा स्वागत तथा अभिमुखिकरण
  • काँचुली खबर

८ साउन, कोहलपुर । गोरखा युनाईटेड पब्लिक स्कुलले १८औं ब्याचका नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कोहलपुर २ मा रहेको उक्त विद्यालयले कक्षा ११ मा अध्ययन गर्न आएका १८औं ब्याच नयाँ विद्यार्थीहरुलाई बुधबार विशेष कार्यक्रमको आयोजना गरी स्वागत गरेको हो ।

नयाँ शैक्षिक सत्रकालागि विज्ञान संकायतर्फका ८४ जना र ब्यवस्थापनतर्फका ४२ जना विद्यार्थीहरुलाीई स्वागत गर्दै विद्यालयले आगामी शैक्षिक यात्राका विषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

शिक्षा विकास समन्वय ईकाई बाँकेका प्रमुख धनुसुदन चौलागाईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विद्यालयका संस्थापक तथा सञ्चालक अध्यक्ष केशर बहादुर आले मगर, प्रधानाध्यापक साधना थापा, एकेडेमिक एडभाईजर राजेन्द्र बहादुर गुरुङ लगाएतले विद्यार्थीहरुको आगामी यात्रा र उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरुले अपनाउनुपर्ने विभिन्न टिप्स र टुल्सहरु प्रस्तुत गरेका थिए ।

सो अवसरमा विद्यार्थीहरुलाई आफनो उत्प्रेरणात्मक भनाई राख्दै कार्यक्रमका प्रमुख अतिथी एवं शिक्षा विकास समन्वय ईकाई बाँकेका प्रमुख धनुसुदन चौलागाईले विद्यालय हाताभित्र विद्यार्थीहरुको सम्पुर्ण जिम्मेवारी गुरुहरुको रहने उल्लेख गर्दै राम्रो कार्यको प्रोत्साहन र खराब कार्यलाई हतोत्साही गर्ने जिम्मेवारी पनि शिक्षकहरुको नै भएको जिकिर गरे ।

उनले शिक्षक भन्दा विद्यार्थीहरुका सयौं काम र कदमले मात्र सफलता हासिल गर्न सकिने बताउदै नैतिकवान, चरित्रवान, परिश्रमी र लगनशिल बन्ने वा नबन्ने भन्नेवारे विद्यार्थी स्वयंमा निर्भर रहनेमा जोड दिए । शिक्षकले त केहि घण्टा गाईड गर्ने मात्र हो बाँकी आफ्नो लागि आफैले गर्नुपर्ने भन्दै प्रमुख अतिथी चौलागाईले फुलाई परिवर्तन गर्न सके मात्र सफल विद्यार्थी बन्न सकिने बताएका थिए ।

कार्यक्रममा विद्यालयका संस्थापक तथा सञ्चालक अध्यक्ष केशर बहादुर आले मगरले विद्यालयले शिक्षा सिकाईमा विद्यार्थीहरुलाई कुनै कसर बाँकी नराख्ने उल्लेख गर्दै आफ्नो भविष्य आफ्नै हातमा रहेको बताए । उनले विद्यालयले तय गरेको नियम पालना नै विद्यार्थीलाई पहिलो शर्त रहने भन्दै विगतमा उच्च शिक्षा भनिएको कक्षा ११ को अध्ययन कक्षा १० भन्दा फरक रहने, कोर्षहरु समेत कठिन रहने भएकाले शिष्ट, सौम्य भएर विद्यार्थीहरुले आफ्नो सिकाईमा ध्यान दिनुपर्नेमा जोड दिए ।

उनले विद्यालयले १८औं ब्याचका रुपमा आएका विद्यार्थीहरुलाई हिजको तुलनामा थप सेवा सुविधा सहित अध्ययन गर्ने अवसर गोरखाले प्रदान गरेको जिकिर गर्दै समयको परिपालन विद्यालयको अर्को शर्त रहेको बताए ।

कार्यक्रममा विद्यालयका एकेडेमिक एडभाईजर राजेन्द्र बहादुर गुरुङले विद्यार्थीहरुले बोकेका सपना र लक्ष्यसंग अभिभावकहरुको समेत सपना जोडिएको उल्लेख गर्दै आज देखाउने शैक्षिक प्रर्दशनले भोलिको भविष्य निर्धारण गर्नेमा जोड दिए । उनले समय खेर फाल्नु भनेको आफ्नो भविष्य तुहाउनु रहेको चर्चा गर्दै अनुशासित, जिज्ञाशु, लगनशिलता र कर्तब्य पालन गर्ने विद्यार्थीहरुको बानिले उनीहरुको भविष्य निर्धारण गर्ने जिकिर गरे ।

विद्यालयका प्रधानाध्यापक साधना थापाले विद्यार्थीहरुलाई गोरखा स्कुलको परिवारका रुपमा स्वागत गर्दै विद्यार्थीहरुले अथक मेहनत र कडा परिश्रमकासाथ आफ्नो भविष्य सुनिश्चित गर्ने विश्वास ब्यक्त गरिन । उनले विद्यालय पढ्ने मात्र नभएर भविष्य निर्माणको थलो भएको उल्लेख गर्दै विद्यालयको वातावरण तथा परिवेशमा घुलित रहदै हरेक पल जिज्ञासुका रुपमा आफुलाई प्रस्तुत गर्न विद्यार्थीहरुलाई आग्रह गरिन ।

नव आगन्तुकहरुलाई कक्षा १२ का विद्यार्थीहरुले स्वागतकालागि बिभिन्न सांगेतिक खुराकहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा शैक्षिक सल्लाहकार राजेन्द्र बहादुर गुरुङ, सहायक प्रधानाध्यापक बद्रि प्रसाद शर्मा, एकेडेमिक सुपरभाईजर भद्र बहादुर शाही, प्रशासकिय अधिकृत कर्ण बहादुर वस्नेत, शिक्षक केशव भण्डारी, घनश्याम यादव, सिद्धराज ओझा लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक पञ्च प्रसाद उपाध्यायले गरेका थिए ।

  • ९ श्रावण २०८२, बिहीबार १२:३३ प्रकाशित
  • Nabintech