७ साउन, कोहलपुर । लुम्बिनी प्रदेशमा मानव र वन्यजन्तुबीचको द्वन्द्व दिन प्रतिदिन गम्भीर बन्दै गएको छ । प्रदेशका बाँके, बर्दिया र कपिलवस्तु जिल्लामा वन्यजन्तुको आक्रमणका कारण गएको एक वर्षको अवधिमा ७ जनाले ज्यान गुमाएका छन् ।
प्रदेश वन निर्देशनालयका अनुसार बाँके र कपिलवस्तुमा २/२ र बर्दियामा ३ जनाको मृत्यु भएको छ । त्यस्तै, १८ जना घाइते भएका छन् । बाँके र नवलपरासीमा २र२, बर्दियामा ७, दाङमा ३ र कपिलवस्तुमा ४ जना मानिस घाइते भएका हुन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
वन्यजन्तुको आक्रमणबाट १४४ वटा पशुचौपायाको समेत ज्यान गएको छ । अर्घाखाँचीमा ५१, बर्दियामा ९०, दाङ र कपिलवस्तुमा जनावर मृत्यको घटना एक-एक रहेका छन् । त्यस्तै, सोही अवधिमा २३ वटा वन्यजन्तु पनि मरेको विवरण सार्वजनिक गरिएको छ ।
वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षामा मानव-वन्यजन्तु द्वन्द्वलाई चिन्ताजनक भन्दै दीर्घकालीन समाधानको खाँचो औँल्याइएको छ । बर्दिया डिभिजन वन कार्यालयका प्रमुख विजयराज सुवेदीले वन क्षेत्रहरू एकआपसमा नजोडिएको र मानव बस्ती बिचमा परेकाले द्वन्द्व बढिरहेको बताए । उनले वन्यजन्तुहरूलाई सुरक्षित आवागमन सुनिश्चित गर्न जंगललाई जंगलसँग जोड्नुपर्ने धारणा राखे ।
यस्तै, बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले वन्यजन्तुको वासस्थान खुम्चिएपछि द्वन्द्व बढेको उल्लेख गरे । उनका अनुसार निकुञ्जभित्र राजमार्ग, नहर, हाइटेन्सन लाइन जस्ता संरचनाले वासस्थानमा असर पारेको छ । गोष्ठीमा एकीकृत विकास र संरक्षणको नीतिलाई प्राथमिकतामा राख्दै साझा योजनाका साथ अगाडि बढ्नुपर्ने सुझावहरू आएका छन् ।
प्रदेश वन निर्देशनालयका निमित्त महानिर्देशक प्रभात सापकोटाका अनुसार वन व्यवस्थापनमार्फत गतवर्ष एक अर्ब ८७ करोड ३१ लाख रुपैयाँ राजस्व प्रदेश सञ्चित कोषमा जम्मा भएको छ ।
८ श्रावण २०८२, बुधबार १६:५५ प्रकाशित