आठ वर्षीया नाबालिका बलात्कार आरोमा हल्वाई पक्राउ
  • काँचुली खबर

६ साउन, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-३, एक्लैनी स्थित आठ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति सोही ठाउँ बस्ने ५५ वर्षीय गुड्डु हल्वाई रहेको प्रहरीले जनाएको छ ।

जबरजस्ती करणी सम्बन्धी उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको टोलीले सोमबार दिउँसो हल्वाईलाई नियन्त्रणमा लिएको हो । पीडित बालिकालाई तत्कालै उपचारका लागि भेरी अस्पताल नेपालगन्ज पठाइएको छ । चिकित्सकका अनुसार बालिकाको अवस्था गम्भीर छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

टोलमा घटेको यस प्रकारको जघन्य अपराधप्रति स्थानीयवासी र बालअधिकारकर्मीहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । दोषीलाई कडा कारबाहीको माग गर्दै सर्वसाधारणले आक्रोश व्यक्त गरेका छन ।

प्रहरीले घटनाको गम्भीरता र बालिकाको उमेरलाई ध्यानमा राख्दै मुद्दा दर्ता गरि हाल आरोपी हल्वाईमाथि कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता (डीएसपी) दीपक पातलीले जानकारी दिए ।

  • ७ श्रावण २०८२, मंगलवार १९:१४ प्रकाशित
  • Nabintech