६ साउन, कोहलपुर । विद्यार्थीहरूलाई विदेश अध्ययनमा मार्गदर्शन गर्ने उद्देश्यले कोहलपुरमा एपोलो एजुकेसन कन्सलटेन्सी संचालनमा आएको छ । तिन जना युवाले कोहलपुर ११ एनटिभी रोडमा संचालनमा ल्याएको एपोलो एजुकेसन कन्सलटेन्सीको मंगलबार एक कार्यक्रमका बिच उद्घाटन गरीएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा वालविद्या माध्यमिक विद्यालय, कोहलपुरका विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदम बहादुर खड्काले कन्सलटेन्सीको उद्घाटन गर्दै यस्ता शैक्षिक संस्थाहरूले स्थानीय स्तरमै सेवा दिएर विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउन ठूलो भूमिका खेल्ने बताए । उनले भने, “विद्यार्थीहरूलाई विदेश जानु अघि यही सम्पूर्ण तयारी गर्न सकिने वातावरण हुनु गौरवको कुरा हो ।”
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
वालविद्या स्कुलका संचालक तथा कार्यक्रमका विशिष्ठ अतिथि गोविन्द सुवेदीले विदेश अध्ययनको बढ्दो आकर्षणबीच सही मार्गनिर्देशन अत्यावश्यक भएको बताए । “विद्यार्थीहरूको उज्यालो भविष्य बनाउने यस्ता संस्थाहरूको भूमिकालाई हामी सबैले सहयोग गर्न आवश्यक छ” उनले भने ।
एपोलो एजुकेसन कन्सलटेन्सीका संचालक कृष्ण खड्काले अध्ययनकालागी विदेश जान चाहने विद्यार्थीहरूलाई आवश्यक परामर्श सहितका सम्पूर्ण सेवा उपलब्ध गराउने उद्धेश्यले कन्सलटेन्सी संचालनमा ल्याईएको बताए । अब कोहलपुर लगायत आसपासका क्षेत्रका विद्यार्थीहरूलाई राजधानी धाउनु नपर्ने उल्लेख गर्दै खड्काले भविष्य खोज्ने युवा वर्गलाई सही दिशा देखाउने लक्ष्यसहित स्थापना गरिएको यस कन्सलटेन्सीले अब कोहलपुरमै गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्ने जिकिर गरे ।
कन्सलटेन्सीको अन्य संचालकहरू बिक्रम डाँगी र दिपक डाँगी रहेका छन । “हामीले विद्यार्थीहरूलाई जापान, यूके लगायत प्रमुख गन्तव्य देशहरूमा उच्च शिक्षा अध्ययनका लागि परामर्श, आवेदन प्रक्रिया, भाषा तयारी, भिसा मार्गदर्शन लगायत सम्पूर्ण सेवा दिने तयारी गरो छौं” डाँगीले भने ।
कन्सलटेन्सीले भविष्यमा विभिन्न शैक्षिक कार्यक्रम, सेमिनार तथा अभिमुखीकरण कार्यक्रममार्फत विद्यार्थीलाई जानकारीमूलक सचेतना फैलाउने प्रतिबद्धता जनाएको छ ।
कन्सलटेन्सीको उद्घाटन समारोहमा विभिन्न शैक्षिक क्षेत्रका प्रतिनिधि, विद्यार्थी, अभिभावक तथा स्थानीयहरूको उपस्थिति रहेको थियो ।
७ श्रावण २०८२, मंगलवार १९:०७ प्रकाशित