५ साउन, तुलसीपुर । दाङको तुलसीपुरमा २१ वर्षीय एक युवक सितलपुर घाट नजिकै मृत अवस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका-१२ कचिलाका २१ वर्षीय किरण खत्री आइतबार बेलुकी सितलपुर घाटनजिकै मृत अवस्थामा फेला परेका हुन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले बेलुकी साढे ६ बजेतिर केसी सितलपुरघाट नजिकै मृत अवस्थामा फेला परेको जानकारी दिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
मृतकको शरिरमा देखिने गरी कुनै घाउ खत भने छैन । शव पोष्टमर्टमका लागि तुलसीपुरस्थित राप्ति प्रादेशिक अस्पतालमा राखिएको हुँदा पोष्टमर्टमपछि थप कुरा भन्न सहज हुने डिएसपी ठकुरीले बताए ।
केसी घर नजिकैका एक जना साथीलाई बिहान भेट्न गएका थिए । उनी दिउँसोतिर उरहरी चोकमा पनि पुगेको खुलेको छ । बिहान उनले भेटेका साथी भने भारत गइसकेको आफन्तको दाबी छ ।
प्रहरीले भने मृतक केसी लागुऔषध सेवनकर्ता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएको छ । घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।
६ श्रावण २०८२, सोमबार १४:०६ प्रकाशित