१ साउन, काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत श्रीलंकासँगको दोस्रो खेलमा पनि नेपाल फराकिलो अन्तरले विजयी भएको छ । बिहीबार दिउँसो भएको खेलमा नेपाल ७-० गोलअन्तरले विजयी भएको हो ।
बंगलादेशको ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउण्डमा भएको खेलमा नेपालले पहिलो हाफमा ४ गोल गर्दा दोस्रो हाफमा ३ गोल थप्यो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
नेपालका लागि समिक्षा मगरले २ गोल गर्दा पूर्णिमा राई, कुसुम खतिवडा, सरिता नाथ र बिर्सना चौधरीले एक(एक गोल गरे । यस्तै एक गोल आत्मघाती गोल उपहार पाएको थियो ।
१५औं मिनेटमा पूर्णिमाले ट्याप इन गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । ३५औं मिनेटमा कुसुमले गोल गर्दै अग्रता दोब्बर पारिन् ।
४३औं मिनेटमा सरिता नाथले फ्रिकिकमा गोल गर्दै ३-० को अग्रतामा पुर्याइन् । त्यस्तै ४५औं मिनेटमा कुसुमको प्रहार डिफेन्डरलाई लागेर डिफ्लेक्ट हुँदै गोल भएपछि नेपालले ४-० को अग्रता बनायो ।
दोस्रो हाफको ६७औं मिनेटमा बिर्सनाले पेनाल्टीमार्फत गोल गर्दै अग्रता अझै बढाइन् । समिक्षा मगरले ७४औं र ७८औं मिनेटमा गोल गर्दै अग्रता ७-० मा पुर्याइन् ।
९०औं मिनेटमा बिर्सनाको अर्को पेनाल्टी प्रहार भने श्रीलंकन गोलरक्षकले बचाइन् । त्यसपछि गोल भएनन् नेपाल ७-० ले विजयी भयो ।
यसअघि श्रीलंकासँगको पहिलो खेलमा पनि नेपाल ७-० ले विजयी भएको थियो ।
जितपछि नेपाल ४ खेलमा ९ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । एक खेल कम खेलेको बंगलादेश ३ खेलमा अपराजित रहेर ९ अंकका साथ गोलअन्तरमा पछाडि रहेर हाल दोस्रोमा छ ।
बंगलादेशले बेलुका भुटानसँग खेल्नेछ ।
२ श्रावण २०८२, बिहीबार १६:५५ प्रकाशित