३२ असार, नेपालगन्ज । पाल्पाकाे ग्लोबल डेरी प्रा.लि. ले पश्चिम नेपालमा समेत सेवा विस्तार गरेकाे छ । ग्लाेबल डेरीले बिहिबारदेखि बुद्धभूमि ब्राण्डका दुग्ध तथा दुग्धजन्य पदार्थहरू बाँके र बर्दियामा बिक्री सुरु गर्ने तयारी गरेकाे छ ।
पश्चिम नेपालकाे प्रमुख सहर नेपालगञ्जमार्फत बजार विस्तार गर्दै कम्पनीले आफ्ना उत्पादनको बजारीकरण थालनी गरेको हो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
कम्पनीका प्रबन्ध निर्देशक जनक न्यौपानेका अनुसार ग्रामीण क्षेत्रबाट सङ्कलित दुधलाई प्रशोधन, विविधिकरण गरी सहरी क्षेत्रमा बिक्री गरेर ग्रामीण अर्थतन्त्रमा टेवा पुर्याउने मुख्य उद्देश्यका साथ उद्योग सञ्चालनमा ल्याइएको हो ।
कम्पनीले विगत पाँच वर्षदेखि बाँके र बर्दिया जिल्लाका चिलरिया, मटैया, मिलनचोक, बेतहानी, खजुरा, तमौलीपुर, सितापुर, पचासा, गणेशपुर, ताराताल र राजापुर मा मुख्य चिस्यान केन्द्र स्थापना गरी दूध संकलन कार्य गर्दै आइरहेको छ भने अन्य ३० वटा शाखा दूध संकलन केन्द्रहरू समेत सञ्चालन गरी दूग्ध खरिद कार्य गर्दै आइरहेको छ । जसमा प्रत्यक्ष रुपमा करिब ८ हजार कृषक परिवारबाट उत्पादित दुग्ध संकलन भइरहेको ग्लोबल डेरीले जनाएको छ ।
२०५२ सालदेखि तानसेन, पाल्पामा डेरी उद्योग सञ्चालन गरेका थानेश्वर न्यौपानेको नेतृत्वमा कमल न्यौपाने र जनक न्यौपानेको लगानीमा २०७० साल माघ १९ गते कपिलवस्तुको महाराजगञ्जमा दुध संकलन केन्द्र स्थापना गरी व्यवसाय विस्तार गरिएको थियो।
२०७२ सालमा बुद्धभूमि नगरपालिका-९, इमिलियामा मुख्य प्रशोधन केन्द्र स्थापना गरी ‘बुद्धभूमि’ ब्राण्डमा उत्पादन सुरु गरेकाे उद्योगले नेपालका प्रमुख शहरहरूमा आफ्नाे सेवा विस्तार गर्ने क्रममा बाँके र बर्दियामा उपभोक्तालाई मध्यनजर गर्दै नेपालगन्जमा बिक्री केन्द्र संचालनमा ल्याएकाे न्याैपानेले जानकारी दिए । उनका अनुसार उद्योगले हालसम्म ८१ वटा संकलन तथा चिस्यान केन्द्रमार्फत दैनिक ४०-५० हजार लिटर दुध सङ्कलन, प्रशोधन, विविधिकरण र बजारीकरण गर्दै आइरहेको छ ।
उद्योगले करिब २० हजार किसान परिवारसँग प्रत्यक्ष दुध संकलन गरिरहेको छ भने विभिन्न सहकारी तथा निजी संकलन केन्द्रमार्फत थप दुध खरिद गरिरहेको छ । ३६५ दिन दुध खरिदको ग्यारेन्टी रहेकाे दाबी गर्दै न्याैपानेले कृषकहरूलाई सरकारी मापदण्ड अनुसार समयमै भुक्तानी दिदैं आएकाे बताए । साथै कृषकलाई पशु आहार, भ्याक्सिन, औषधोपचार, पशु बीमामा समेत सहयोग गर्दै आइरहेको उनले बताए ।
कम्पनीले आन्तरिक बजारसँगै बाह्य मुलुकमा पनि बजारीकरणको प्रयास गरिरहेको उल्लेख गर्दै न्याैपानेले भने, “पश्चिम नेपालमा ‘मिल्क होलिडे’ अन्त्य गर्न र दुध बजारको स्थायित्व कायम गर्न कम्पनी क्षमता अभिवृद्धिमा लागिरहेको छ ।”
सरकारले अरबौं अनुदान वितरण गर्दै आए पनि ग्लोबल डेरीले अहिलेसम्म कुनै सरकारी अनुदान पाउन नसकेकाे उनले गुनासाे गरे ।
१ श्रावण २०८२, बुधबार २२:०० प्रकाशित