३२ असार, कोहलपुर । प्रहरीले कोहलपुरबाट मंगलबार नक्कली नोट र लागुऔषधको कारोबार गरेको आरोपमा एकजनालाई पक्राउ गर्यो । आफुलाई पत्रकार भनि चिनाउने मन बहादुर सहकारी मिडिया हाउसबाटै नक्कली नोट र १९ किलो ३२५ ग्राम अफिम सहित पक्राउ परेपछि संचार क्षेत्र नै आश्चर्यमा परेको छ ।
कालिकोटको नरहरिनाथ घर भएका मन बहादुरले कोहलपुर ११ न्यूरोडमा जनगर्जन नेटवर्क प्रालि नामक मिडिया हाउसको कार्यालय खोलेका थिए । जनगर्जन नेटवर्क प्रालिको कार्यालय भित्र ठुलो परिमाणमा लागु औषध अफिम र नक्कली नोट फेला परेको हो । प्रहरीले मान बहादुरको कोठाबाट अफिमसहित ५१ हजार नेपाली नक्कली नोट, नक्कली नोट छाप्ने मेसिन, एउटा मोटरसाइकल र एक थान मोबाइल बरामद गरेको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
मिडिया हाउसको नाममा लामो समयदेखी अबैध कार्य गर्दै आएका मन बहादुर पक्राउ परेसँगै उनको अबैध धन्दाको पर्दा खुलेको छ । गिरोह बनाएरै नक्कली नोट र लागुऔषधको कारबार गर्दै आएको उनको समुहका अन्य सदस्य समेत पक्राउ परेका छन ।
पक्राउ पर्नेमा जाजरकोट कुशे गाउँपालिका-५, की २२ वर्षीय दिलमाया सिंह ठकुरी, सोही ठाउँका ३३ वर्षीय रामबहादुर सिंह, कुशे गाउँपालिका-७, समकोट घर भई हाल भेरीगंगा नगरपालिका-१२, ठकुरी टोलस्थित डेरामा बस्दै आएका ३५ वर्षीय कृष्णबहादुर वली, सोही ठाउँका ३८ वर्षीय प्रेमबहादुर विक र कालिकोटको नरहरीनाथ गाउँपालिका-४, घर भई बाँकेको कोहलपुर नगरपालिका-११, न्युरोडमा ‘जनगर्जन नेटवर्क प्रालि नामक मिडिया हाउस सञ्चालन गरि बसेका ३४ वर्षीय मनबहादुर सहकारी रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट १३ लाख रुपैयाँ बराबरको नक्कली नोट, ३० किलोग्रामभन्दा अफिम जस्तो देखिने पदार्थ र नोट छाप्न प्रयोग हुने विभिन्न उपकरण नियन्त्रणमा लिएको छ ।
यस्तो छ घटना विवरण
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाका अनुसार पक्राउ परेकी दिलमाया आफ्ना केटाकेटीलाई ल्याएर वीरेन्द्रनगरमा बस्थिन् । बालबच्चालाई पढाउन उनी सुर्खेत झरेकी थिइन् ।
उनकै दाई नाता पर्ने रामबहादुर सिंहले नै उनलाई घटनामा प्रयोग गरेको देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाहीका अनुसार सोमबार दिउँसो प्रहरीको १०० नम्बरमा वीरेन्द्रनगरकै एक तरकारी पसलको महिलाले फोन गरिन् ।

‘म कहाँ यसरी एउटा मुद्रा लिएर आएका छन् एकजना महिलाले, नक्कली हो कि जस्तो लाग्यो,’ ती महिलाको भनाइ उदृत गर्दै शाहीले भने, ‘एकचोटि आइदिनुपर्यो भनेर भन्नुभएपछि हामीले यहाँ पनि ड्युटी अफिसरलाई त्यही अनुसारले सूचना सञ्चार गर्दियौँ ।’
त्यसपछि तत्काल प्रहरी टोली वीरेन्द्रनगर नगरपालिका-१०, शान्ति टोलमा पुग्यो, जहाँ दिलमायाले नक्कली नोटको रकमले केही सामग्री किनिरहेको थिइन् ।
दिलमायाले पसलेलाई रकम दिएपछि ‘एकछिन बुझ्नुपर्यो यो त कस्तो नोट हो’ भनेर पसलेले भने । दिलमायासँग भएका नोटहरूमा एउटै नम्बर रहेछ । त्यहीबाट शंका लाग्यो कि नक्कली नोट हो भनेर ।
‘हामीले नक्कली जस्तो लागेर तत्काल दिलमायालाई नियन्त्रणमा लियौँ,’ उनले भने, ‘उनको साथमा एक हजारका ६ वटा नोटहरू रहेछ ।’ त्यसपछि प्रहरीले उनीमाथि अनुसन्धान बढायो ।
‘यो रकम मैले होइन दाइले ल्याएको हो,’ प्रहरीसँग उनले भनिन् । दिलमायाले दाइ भनेका व्यक्ति रामबहादुर सिंह हुन्, जो स्वास्थ्यकर्मी भएको प्रहरीको भनाइ छ ।
त्यसपछि प्रहरी दिलमायाको कोठामा गएर हेर्छ । रामबहादुर दिलमायाकै कोठामा बसेका थिए ।
प्रहरीले दिलमायाको साथबाट ६ वटा र अन्य रामबहादुरको साथबाट १२ लाख ४९ हजार नक्कली नोटहरूको झोला नै बरामद गर्यो ।
‘शरीरमा पनि राख्या रहेछ, पाँच-दश हजार जति,’ प्रहरी नायव उपरीक्षक बुढथापा भन्छन्, ‘अनि सबै सर्च गर्यौं ।’
यो अपराधमा दिलमायाको भूमिका रामबहादुरले भने अनुसार रकमको झोला राखिदिने मात्र हो ।
रामबहादुरले बहिनी पैसाको झोला आएको छ, राखिदिनु भनेका रहेछन् । अनि उनले त्यो झोला राखिदिएकी रहिछन् । रामबहादुरले ‘ल तँलाई खर्च’ भनेर ७ वटा नोट दिएको रहेछ । उक्त रकम नक्कली हो भन्ने दिलमायालाई थाहै थिएन ।
रामबहादुरलाई सोधपुछ गर्दा फलानो-फलानो हो, छिन्चुतिर छन् दुई-तीन जना भन्ने जवाफ दिए ।
‘मैले मात्र होइन, अरूले पनि ल्याएको हो हामीले माथि अफिम किन्दाखेरि लिएको हो,’ रामबहादुरले प्रहरीसँग भने ।अनि प्रहरी रामबहादुर र दिलमायालाई लगेर छिन्चु गयो ।
टोलीले छिन्चुमा गरेको विशेष कारबाहीमा वलीको साथबाट ११ किलो ३७२ ग्राम अफिम बरामद गर्यो । ओलीसँगै प्रेमबहादुर विक पनि पक्राउ परे ।
उनीहरूकै बयानले प्रहरीलाई जाजरकोटसम्म डोर्यायो, जहाँ यो अपराधको एक मुख्य नाइके थिए रामबहादुर सिंह ।
उनले नै नक्कली नोटले भरिएको झोला गाडीमा पठाउने र आफू सुरक्षित रूपमा मोटरसाइकलमा आउने योजना बनाएका थिए । यो काम गरेबापत ५०-६० हजार रुपैयाँ दिने लोभ देखाइएको थियो । तर, प्रहरीको सक्रियताले उनको योजना विफल भयो ।
मध्यरातको नाटकीय ‘अप्रेसन’

जब कारोबारको तह-तहको रहस्य खुल्यो, प्रहरीले अप्रेसनलाई थप तीव्र बनायो । सञ्जालको खोजी गर्दै जाँदा सञ्जाल बाँकेको कोहलपुरतिर सोझियो । मानबहादुर सहकारी नामका व्यक्तिबाट कृष्ण ओली, कृष्णबाट दीपक भनिने जयबहादुर विष्ट हुँदै पैसा रामबहादुर सिंहसम्म पुगेको ‘मनी ट्रेल’ फेला पर्यो ।
त्यसपछि प्रहरीको टोली दुई भागमा बाँडियो । एक टोलीले पक्राउ परेकाहरूमाथि थप सोधपुछ थाल्यो भने डीएसपी मोहनजंग बुढथापाको नेतृत्वमा अर्को टोली एक अभियुक्तलाई साथमा लिएर राति साढे १२ बजे बाँकेतर्फ हानियो ।
डीएसपी बुढथापाका अनुसार बाँके प्रहरीसँगको समन्वयमा बिहान ३ बजेदेखि सुरु भएको खोजतलास कुनै फिल्मी दृश्यभन्दा कम थिएन । विभिन्न सम्भावित लोकेसनमा छापा मार्दै, मानिसहरूलाई पक्राउ गर्दै र सोधपुछ गर्दै जाँदा अन्ततः बिहान साढे ७ बजे मुख्य योजनाकार मानबहादुर सहकारी पक्राउ परे ।
कालिकोटको नरहरिनाथका उनले कोहलपुर नगरपालिका-११, न्युरोडमा ‘जनगर्जन नेटवर्क प्राली नामक मिडिया हाउस’ सञ्चालन गरेका थिए ।
सुरुमा त उनले डीएसपी नेतृत्वको टोलीलाई नै थर्काउन खोजे । उनले आफुलाई पत्रकार भनेका थिए । तर जब प्रहरीले प्रमाणको चाङ र सञ्जालको पूरा ‘लिंकअप’ देखायो, त्यसपछि उनी गलेको बुढथापाले बताए ।
उनको कोठा खानतलासी गर्दा प्रहरी टोली नै चकित पर्यो, १५ पोकामा १९ किलो ३०० ग्राम अफिम बरामद भयो ।
नक्कली नोटको कारखाना
मानबहादुरको अपराध अफिममा मात्र सीमित थिएन । उनले मिडिया हाउसको नाममा कोठामा नै नक्कली नोट छाप्ने गरेको स्वीकारे । ‘हतारमा हुने अफिमको कारोबारमा नक्कली नोट सजिलै भिडाउन सकिन्छ भन्ने सोचेर मैले नै छापेको हुँ,’ उनले प्रहरीसमक्ष बयान दिए ।
उनले छापेका नोटको गुणस्तर यति राम्रो थियो कि गन्ती गर्दा प्रहरीसमेत झुक्किन्थे । प्रहरीले नोट छाप्न प्रयोग भएको कम्प्युटर, सीपीयु र प्रिन्टरसमेत बरामद गर्यो । त्यहीँबाट थप ५१ हजार रुपैयाँ बराबरको नक्कली नोट पनि फेला पर्यो ।

अनुसन्धान अनुसार, मानबहादुरले कुल १५ लाख रुपैयाँ बराबरको नक्कली नोट छापेका थिए, जसमध्ये २ लाख रुपैयाँ उनले लागुऔषध कारोबारकै क्रममा बजारमा पठाइसकेका छन् । उक्त रकम बाँके, सुर्खेत, जाजरकोट लगायतका बजारमा गएको छ ।
मानबहादुर कुनै वेला विप्लव नेतृत्वको नेकपामा आबद्ध थिए । नेकपाका एक नेताले दिएको जानकारी अनुसार उनले पार्टीमा हुँदा पनि गलत काम गरे, जसका कारण एक वर्षअघि साधारण सदस्य नरहने गरी कारबाही गरिएको थियो । प्रहरीले मंगलबार उनीहरू सबैलाई सुर्खेत ल्याएको छ ।
यो घटनाले लागुऔषध र नक्कली नोटको कारोबारबीच गहिरो सम्बन्ध रहेको पुष्टि गरेको छ । प्रहरीले सुरुदेखि नै यी दुई अपराधबिच कुनै न कुनै सम्बन्ध रहेको आशङ्का गरेको थियो, जुन अन्ततः सत्य साबित भयो । केही समयअघि छिन्चुबाटै बरामद भएको साढे ५ किलो अफिमको घटनाले पनि यो सञ्जालसम्म पुग्न प्रहरीलाई मद्दत गरेको थियो ।
अझै ठुलो सञ्जाल हुन सक्ने आशङ्का
यस प्रकरणमा जाजरकोटका जयबहादुर विष्ट फरार छन् । उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय, जाजरकोटसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाहीले बताए ।
तर, प्रहरीको अनुसन्धान अब योभन्दा गहिराइमा केन्द्रित भएको छ । के मानबहादुर एक्लैले यो सब गरेका हुन्, वा यसको पछाडि कुनै संगठित गिरोह सक्रिय छ ?
बरामद भएका कम्प्युटर र हार्ड ड्राइभलाई डिजिटल फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाएर प्रहरी यो रहस्यको जरोसम्म पुग्ने प्रयासमा छ ।
अफिम र नक्कली नोट सहित कोहलपुरबाट दुई जना पक्राउ
१ श्रावण २०८२, बुधबार १३:४२ प्रकाशित