कोहलपुर-सुर्खेत प्रसारण लाइनको विवाद सुल्झियो
  • काँचुली खबर

३२ असार, कोहलपुर । कोहलपुर-सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन विस्तारमा देखिएको विवाद सुल्झिएको छ । जसले गर्दा आयोजना अघि बढाउने बाटो खुलेको छ । लामो समयदेखि विवाद हुँदा आयोजना निर्माणको काम अवरुद्ध हुँदै आएको थियो । जसले गर्दा आयोजना निर्माणमा ढिलाइसमेत भएको छ ।

तीन तहकै सरकारको प्राथमिकतामा विद्युत् विस्तार योजना परेसँगै आयोजनाको अवरोध हटेको हो । अहिले आयोजना निर्माणको काम धमाधम अघि बढेको आयोजना प्रमुख रवि चौधरीले बताए । बाँकेको बैजनाथ क्षेत्रमा देखिएको विवाद समाधान भएसँगै आयोजना निर्माणको कामले गति लिएको उनको भनाइ छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार बैजनाथ गाउँपालिकाको वडा नं. १ गाभर र वडा नं. ४ को बानियाँभार हुँदै लाइन विस्तार गर्नुपर्ने छ तर उक्त लाइन विस्तारले बस्ती र खेतीयोग्य जमिनमा असर पुग्ने भन्दै स्थानीयले विरोध जनाउँदै आएका थिए । विवाद समाधान भएसँगै उक्त बस्तीमा तीन वटा टावर निर्माण गरिने छ भने ३० घरपरिवार प्रभावित हुने छन् । अबको छ महिनामा काम सक्ने गरी योजना निर्माण गरिएको छ ।

यस्तै वीरेन्द्रनगर नगरपालिका-११, सुब्बाकुनामा पनि विवाद सुल्झिएको छ । उक्त स्थानका नागरिकले पनि काममा अवरोध गर्दै आएका थिए । आयोजनाबाट उक्त वडाका १८ घरपरिवारको जग्गा प्रभावित हुने छ । सरकारले वार्तामार्फत सहमति नभए बल प्रयोग गरेर आयोजना अघि बढाउने भनेपछि स्थानीय पनि सहमतिमा आएका हुन् । वडा नं. ११ सुब्बाकुनामा भने केही दिनमा काम सुरु गरिने आयोजना प्रमुख चौधरीले बताए ।

विवाद सुल्झाउन कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल, सुर्खेतबाट निर्वाचित प्रतिनिधि सभाका सदस्य, सङ्घीय सरकार, जिल्ला प्रशासन बाँके र सुर्खेतको तर्फबाट निरन्तर पहल भइरहेको छ । लामो समयदेखि थालिएको पहलले सार्थकता पाएको छ । अब भने आयोजना निर्माणको कामले गति लिने छ ।

  • १ श्रावण २०८२, बुधबार १२:२७ प्रकाशित
  • Nabintech