३२ असार, काेहलपुर । भारतबाट धनमाल लुटपाट गरी आएका ६ जना बाँकेको कोहलपुरबाट पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय कोहलुरका अनुसार कालिकोटको रासकोट नगरपालिका वडा नम्बर १ बस्ने ४२ वर्षीय मन बहादुर शाही, सोही ठाउँका ४२ वर्षका तेज बहादुर शाही, सान्नी त्रिबेणी गाउँपालिका वडा नम्बर ८ बस्ने १८ वर्षीय पंकज केसी, ४५ वर्षीय प्रेम बहादुर खत्री, ३८ वर्षीया अनिता खत्री र नरहरिनाथ गाउँपालिका वडा नम्बर ९ बस्ने २८ वर्षीया सरिता शाहीलाई पक्राउ गरेको हो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उनीहरुलाई कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित होटल न्यु कालिकोटेमा कोठा भाडा लिई बसेको अवस्थामा पक्राउ गरिएको कोहलपुरका डिएसपी लक्ष्मी खनालले जानकारी दिनुभयो । भारतबाट सुनका गहना र नगद चोरी गरी कोहलपुरमा लुकेर बसेको भन्ने बिशेष सूचना प्रहरीलाई आएको डिएसपी खनालले बताईन ।

उनका अनुसार अनुसन्धान गर्दै जाँदा ठूलो परिमाणको रकमसहित उनीहरु पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट प्रहरी निरीक्षक रेशमलाल पौडेलको कमाण्डमा खटिएको ७ जनाको प्रहरी टोलीले सोमबार अपरान्ह उनीहरुलाई पक्राउ गरेको थियो ।
होटलको कोठा नम्वर ८ मा बसेका उनीहरुबाट १५ तोला २५ लाल (पत्थरसहित) तौल भएका सुनका गर-गहनाहरु, नेपाली रू.७ लाख ८७ हजार रकमसमेत बरामद गरिएको डिएसपी खनालले बताईन । उनीहरु रोजगारीको बाहनामा भारत जाने र त्यहाँ चोरी धन्दा गर्दै नेपाल आउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
१ श्रावण २०८२, बुधबार ०९:५५ प्रकाशित