३१ असार, कोहलपुर । प्रहरीले कोहलपुरबाट पत्रकार सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । नक्कली नोट र १९ किलो ३२५ ग्राम अफिम सहित कोहलपुरबाट आफुलाई पत्रकार भनि चिनाउने मन बहादुर सहकारी र बाफेकोट नगरपालिका वडा नम्बर १० रुकुमकी सपना पुन पक्राउ परेका हुन ।
लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले कोहलपुर ११ न्यूरोडमा रहेको जनगर्जन नेटवर्क प्रालिको शाखा कार्यालयबाट १००० का ५१ नक्कली नोट र १९ किलो ३२५ ग्राम अफिम सहित उनिहरुलाई पक्राउ गरेको हो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
कपिलवस्तुस्थित शिवराज नगरपालिका-९ घर भएर हाल कोहलपुर ११ बस्दै आएका मन बहादुरले कोहलपुरमा संचालनमा ल्याएको जनगर्जन नेटवर्क प्रालिको कार्यालय भित्र ठुलो परिमाणमा लागु औषध अफिम र नक्कली नोट फेला परेको हो । प्रहरीले मान बहादुरको कोठाबाट अफिमसहित ५१ हजार नेपाली नक्कली नोट, नक्कली नोट छाप्ने मेसिन, एउटा मोटरसाइकल र एक थान मोबाइल बरामद गरेको छ ।
केही दिनअघि जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक व्यक्तिलाई नक्कली नोटसहित पक्राउ गर्दा प्रहरीसँगको बयानमा पक्राउ परेका व्यक्तिले कोहलपुरमा साथी रहेको जानकारी दिए पश्चात् लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जको टोलीले कोहलपुर आएर खानतलासी गर्दा उक्त अफिमसहितका नक्कली नोट लगायतका सामग्री बरामद गरेको बाँके प्रहरीले जानकारी दिएको छ ।
३१ असार २०८२, मंगलवार १२:५० प्रकाशित