कपिलवस्तु बस दुर्घटनाका २९ घाइतेको पहिचान खुल्यो
  • काँचुली खबर

२९ असार, कोहलपुर । काठमाडौँदेखि दाङ आउँदै गरेको बस दुर्घटनामा परी घाइते भएका २९ जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले दुर्घटनामा परी घाइते भएकाको पहिचान खुलेको जानकारी दिए ।

दुर्घटनामा सल्यान बागचौर नगरपालिका-१० बस्ने ७७ वर्षीय देवी बुढाथोकी, सल्यान सारदा नगरपालिका-१२ का ५६ वर्षीय मोहनलाल बुढाथोकी र दाङ तुलसीपुर उपमहानगरपालिका-११ का ३५ वर्षीय श्रीधर अधिकारी घाइते भएका छन । उनहरुलाई आइतबार बिहान सवा ५ बजेतिर थप उपचारका लागि बुटवल पठाइएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

यसैगरी, रुकुम पश्चिम आठबिसकोट नगरपालिका-८ ज्यामिरेका २८ वर्षीय मोतीलाल ऐरी, सोलुखुम्बु सोताङ गाउँपालिका-३ बस्ने २१ वर्षीय कोसिस गौतम, सल्यान चिद्द कुमाउ गाउँपालिका-२ बस्ने १९ वर्षीया अनिता चलाउने, दाङ घोराही उपमहानगरपालिका बस्ने ५२ वर्षीया सचिला नेपाली, अर्घाखाँची सितगंगा नगरपालिका-८ बस्ने ६० वर्षीया टुक कुमारी श्रेष्ठ, सल्यान बागचौर नगरपालिका-१० का २५ वर्षीय चित्र प्रसाद धिताल र रोल्पा परिवर्तन गाउँपालिका-३ बस्ने ३१ वर्षीय ओम प्रकाश खड्का दुर्घटनामा परी घाइते भएका छन । उनीहरुको सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेको छ ।

त्यस्तै, अन्य घाइतेहरूमा दाङ राप्ती गाउँपालिका-४ बस्ने २८ वर्षीया रुपा चौधरी, रोल्पा गंगादेव गाउँपालिका-३ बस्ने ३९ वर्षीय हेमराज वली, पर्वत मादी गाउँपालिकाका ३९ वर्षीय खड्कबहादुर पुन, सल्यान छत्रेश्वरी गाउँपालिका-१ बस्ने ४३ वर्षीय भीमबहादुर विक, सल्यान बागचौर नगरपालिका-४ बस्ने ४० वर्षीय इन्द्रबहादुर विक, दाङ तुलसीपुर उपमहानगरपालिका-११ बस्ने २१ वर्षीय ललित शर्मा, रोल्पा गंगा देव गाउँपालिका-३ का ३१ वर्षीय सन्दीप वली, डडेलधुरा आलीताल गाउँपालिका-४ का २२ वर्षीय विशाल बोहरा, दाङ दंगिशरण गाउँपालिका-२ बस्ने २४ वर्षीया शर्मिला नेपाली, सल्यान छत्रेश्वरी गाउँपालिका-३ बस्ने ४२ वर्षीया रश्मि बोहरा र घोराही उपमहानगरपालिका-११ बस्ने ३९ वर्षीय वेदबहादुर वली हुन ।

आइतबार बिहान कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका अनुसार काठमाडौँबाट दाङ आउँदै गरेको लुम्बिनी प्रदेश ०२-००१ ख ००४५ नम्बरको बस पूर्व पश्चिम राजमार्गअन्तर्गत बुद्धभूमी नगरपालिका-९ वेलनदीमा दुर्घटनामा परेको हो । बस आफैँ अनियन्त्रित भई सडकको दायाँ साइडमा पल्टिन पुग्दा २९ जना यात्रु घाइते भएका थिए ।

  • २९ असार २०८२, आईतवार १४:१० प्रकाशित
  • Nabintech