२५ असार, दाङ । घोराही उपमहानगरपालिका-१५ स्थित बीपी चोक नजिकै रहेको लोटस तालिम केन्द्रको होस्टेलबाट अवैध हतियारसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंगलबार साँझ करिब ६ः३० बजे, सल्यान जिल्लाको कपुरकोट गाउँपालिका-३, फलाटे घर भई हाल दाङमा रहेको लोटस तालिम केन्द्रमा तालिम लिइरहेका १९ वर्षीय अजय विकले अवैध हतियार तथा गोली लुकाएको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
वडा प्रहरी कार्यालय घोराहीबाट प्रहरी नायब निरीक्षक सुरज सिंहको कमान्डमा खटिएको प्रहरी टोलीले अजय बिक सुत्ने खाटमुनी राखिएको कालो रंगको जोर्डन लेखिएको पछाडि भिर्ने झोलाभित्र लुकाइ राखिएको अवस्थामा ० दशमलव ३२ बोर क्षमताको एउटा पेस्तोल, सो पेस्तोलमा प्रयोग हुने चारवटा गोली र सात राउन्ड क्षमताको एउटा म्यागजिन फेला पारेको हो ।
प्रहरीले ती हतियारसहित अजय विकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
२५ असार २०८२, बुधबार १२:५८ प्रकाशित