गौरीशंकरको चित्कार, सरकार ! अफ्ताब आलमलाई कारबाही गर
  • काँचुली खबर

२२ असार, काठमाण्डौं । विस्फोट र इँटाभट्टामा जिउँदै मान्छे जलाएको घटनामा प्रमाण नभेटिएको भन्दै पूर्वमन्त्री एवं कांग्रेस नेता अफ्ताब आलमलाई उच्च अदालत वीरगन्जले सफाइ दिएपछि ४३ वर्षीय गौरीशंकर राम चमार काठमाडौँ आइपुगेका छन्।

२७ चैत ०६४ मा रौतहटको राजपुर फरहदवामा भएको घटनाको फेहरिस्त सुनाउन र दोषीलाई कारबाही हुनुपर्ने माग गर्दै उनी भारतको बिहार सीतामढीबाट नेपालको राजधानी काठमाडौँ आएका हुन्।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

गत २०६४ चैत २७ गते संविधानसभाको निर्वाचनको माहोल थियो। रौतहटको राजपुर फरहदवामा रहेको राजा इँटाभट्टामा भारतको बिहार सीतामढीका ४३ वर्षीय गौरीशंकर राम चमार काम गर्थे। नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलमको उक्त इँटाभट्टामा काम गर्ने उनी त्यो दिन पैसा लिन आलमको घर गएका थिए।

उनले बताएअनुसार आलमको घरमा बम बनाउने काम भइरहेको थियो। त्यो क्रममा बम पड्किएपछि उनी घाइते भए। बमले दुवै कान उडाइदियो, अनुहार, घाँटी र छातीमा ठूलो चोट लाग्यो।

गौरीशंकर राम चमारले रिपोर्टर्स क्लबमा आज गरेको घटनाको वर्णन:

‘म रौतहटको राजा इँटाभट्टामा काम गर्थेँ। हप्ता सकिने दिन थियो। पैसा लिन मलाई बोलाएर घर लिएर गयो। हामी तीनजना थियौँ। मलाई भन्यो, भाइ यता आएर तिमी आफ्नो पैसा लिएर जाऊ। घरको ढोकाको छेउमा पुगेको बम पड्कियो। आगो लागेपछि म भागेँ। घरको पछाडि पानी थियो, त्यहाँ पानी हालेँ। फेरि म भागेँ। त्यसपछि मलाई थाहा भएन कि म कहाँ हो ? एकैचोटि मेरो आँखा खुल्यो सीतामढीमा। आँखा खुलेपछि मैले आमालाई सोधेँ, कहाँ हो यो ? आमाले भन्नुभयो, यो सीतामढी हो, म तिमीलाई अस्पताल लिएर गइराखेकी छु। केही चिन्ता नगर, ठीक हुन्छ तिमीलाई।

त्यसपछि मेरो आँखा फेरि बन्द भए। मेरो इलाज (उपचार) तीन महिनाजति भयो। मलाई साढे ३ लाख आईसी (भारु) खर्च भयो। अफ्ताबले एकचोटी पनि सोधेन, मान्छे कस्तो छ, के छ ? एक रुपैयाँ पनि दिएन। सोधेको पनि छैन। आज म नेपाल सरकारसँग निवेदन गर्छु, त्यस्तो मान्छेलाई छोड्नुभएन। त्यसलाई कडाभन्दा कडा सजाय दिनुपर्‍यो ।

निर्वाचनको एक दिन पहिला बेलुकातिर बम विस्फोट भएको थियो। अफ्ताब आलमको काकाको घरमा। मैले पनि सुनेको त्यहाँ धेरै मान्छे जलेको छ, गाउँको मान्छेले मलाई उठाएर कसरी भारतसम्म पुर्‍याए मलाई थाहा भएन। दुईजना मेरो गाउँको मान्छे पनि जलेको छ, एउटाको हातमा र अर्कोको अलिकति खुट्टामा लागेको छ। कति मान्छे घाइते भए, त्यो त मलाई थाहा भएन। होश भए पनि थाहा हुन्छ कतिलाई लागेको थियो भन्ने।

त्यहाँ बम विस्फोट भएको छ, मलाई बम लागेको छ। अदालतको फैसलाले मलाई अन्याय भएको छ मैले भनिराखेको छु। मलाई त्यसैमा बम लागेको छ। अरू मान्छेचाहिँ कति मरे मलाई थाहा भएन। इलेक्शनको एक दिन पहिला भएको छ, अफ्ताब आलमले नै बम विस्फोट गराएको त मैले भन्न सक्दिनँ तर उसैको घरमा भएको छ।

सुरुसुरुमा एसपी कार्यालय (प्रहरी चौकी) मा मैले बयान दिँदा मेरो घरमा गएको थियो। म घरमा नहुँदाखेरी त्यसको आदमी (मान्छे) गएर मेरो आमालाई भनेको छ, तिम्रो छोरा त गयो (मर्‍यो) अब। तिम्रो छोरा दुईचार साल बितेपछि बाँच्दैन। अफ्ताब आलमको मान्छे गएर भनेको छ। मलाई धम्की दिएको छ।

अफ्ताब आलम छुटेकोमा मलाई दुःख लाग्यो, बम बनाएर, बम फ्याँकेर हामी पीडित मान्छे। त्यस्तो मान्छे छुट्यो, मलाई धम्की पनि दिएको छ। मलाई मार्छ, त्यस्तो मलाई लागेको छ। अब मलाई डर भयो। मेरो शारीरिक अवस्था नाजुक छ। काम पनि भेटिदैन, काम गर्न पनि सक्दिनँ। म मर्ने कि बाँच्ने, मैले केही पनि देखिनँ। (रुँदै) कसरी बाँचौँ म यो दुनियाँमा।’

  • २२ असार २०८२, आईतवार १९:०३ प्रकाशित
  • Nabintech