बैजनाथ हत्याकाण्ड : टीभी हेर्न नदिएपछि बुवाको हत्या
  • काँचुली खबर

२२ असार, कोहलपुर । बाँकेको बैजनाथ गाँउपालिकामा भएको हत्याकाण्डको नयाँ तथ्य फेला परेको छ । शनिबार राती बैजनाथ गाउँपालिका-२ मकैबारी निवासी ३२ वर्षीय भविलाल रोकाले ६० वर्षीय बुवा टोपबहादुर रोका क्षेत्रीको धारिलो हतियार प्रहार गरेर हत्या गरेका थिए । बुवाले टीभी हेर्न नदिएको झोकमा छोराले बुवाको हत्या गरेको रहश्य खुलेको छ ।

राति टीभी हेरिरहेका बेला बुवाले रोकेपछि रिसाएर धारिलो हतियार प्रहार गरेको परिवारलाई उदृत्त गर्दै प्रहरीले जनाएको छ । घटनापछि राति नै छिमेकीले खबर गरेर घरमा प्रहरी पुगे पनि भविलाल फरार रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी लक्ष्मी खनालले बाबुछोराको सामान्य विवादमा यस्तो घटना भएको बताइन् । ‘भविलाल लागुऔषध प्रयोगकर्ता रहेछन, दुई पटक सुधारगृहमा बसेर फर्किएका रहेछन’ डीएसपी खनालले भनिन, ‘शनिबार राती बुवाले टिभि हेर्न नदिएपछि धारीलो हतियार प्रहार गरेर हत्या गरेको बुझिएको छ ।’

‘घटनाको विस्तृत अनुसन्धान भइरहेको छ, तर घरका अन्य सदस्य र छिमेकीहरुसँग बुझ्दा बुवाले टीभी हेर्न रोकेपछि रिसाएर हतियारले हानेको कुरा छ । स्थानीयले सूचना दिएसँगै प्रहरी तत्काल घटनास्थल पुगेको थियो, तर भविलाल फरार भइसकेका थिए, प्रहरीले खोजी जारी राखेको छ’, उनले भनिन् ।

भविलाल अविवाहित हुन् । लागूऔषध सेवनकर्ता उनी दुई पटक सुधार केन्द्रमा बसेर फर्किएको स्थानियले बताएका छन ।

स्थानीयका अनुसार मृतक टोपबहादुरका दुई छोरा र दुई छोरी छन् । जेठो छोरा बिहेबारी गरेर अलग्गै बसेका छन् ।

धारिलाे हतियार प्रयाेग गरि बुबाकाे हत्या, छाेरा फरार

  • २२ असार २०८२, आईतवार १८:४३ प्रकाशित
  • Nabintech