२३ असार, काेहलपुर । बाँकेकाे बैजनाथमा एक वृद्धकाे हत्या भएकाे छ । बैजनाथ गाउँपालिका-२ मकैवारि निवासी ६० वर्षीय टोपबहादुर रोका क्षेत्रीको शनिबार राति हत्या भएको हाे ।
पारिवारिक स्रोतका अनुसार शनिबार बेलुका करिब ८ बजेको समयमा उनको आफ्नै कान्छा छोरा ३२ वर्षीय भविलाल रोका (ह्याकर)ले धारिलो हतियार प्रयोग गरी ज्यान लिएका हुन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
घटनाको समयमा घरमा परिवारका अन्य सदस्यहरु नभएको र सोही अवसर छोपी भविलालले बुवाको हत्या गरेको प्रारम्भिक जानकारी आएको छ । हत्या किन र कसरी भयो भन्ने कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।
उक्त घटनाबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ । प्रहरीको तालिम प्राप्त कुकुरको सहायताले फरार भबिलालको खोजी गरिरहेको छ ।
२२ असार २०८२, आईतवार ०७:२६ प्रकाशित