नेपालले जित्याे यु-१६ इस्ट जोन कपको उपाधि
  • काँचुली खबर

२१ असार, काठमाडौं । नेपाल एसिसी यु-१६ इस्ट जोन कपको उपाधि जित्न सफल भएको छ।‌ सिंगापुरलाई २ विकेटले हराउँदै नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो।

जितको लागि १ सय १४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर परिमार्जन यादव १३ रनमा र शिवांश बजागाई २० रनमा आउट भए। लगतै रौनक श्रीवास्तव रन नजोडी आउट भए। तीन विकेटको नोक्सानीमा नेपालले ४० रन जोड्यो।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

चौथो विकेटको रूपमा प्रसिद्ध जैशी १७ रनमा र सुगम बुढाथोकी १ रनमा आउट भए। कुनै पनि समय नेपालले साझेदारी बनाउन सकेन्। शुभम खनाल १९ रनमा, सचिन भट्ट १ रनमा र विपिन प्रसाद शर्मा शुन्य रनमा आउट हुँदा नेपाल दबाबमा आयो। ९२ रन जोड्दा ८ विकेट गुमाएको थियो। तर यसपछि जोय थापा अविजित २४ र अभय यादव अविजित १० रनमा रहँदै नेपाललाई २ विकेटको जित दिलाउन सफल रहे।
बलिङमा कापिस भेन्कटरमन विकेट लिङदस युभान पाण्डेले २ विकेट लिए।

यसअघि मलेसियाको युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले नेपालको कसिलो बलिङको सामू ४०.५ ओभरमा अल आउट भएको थियो ।

सिंगापुरका रोहन अस्टिनले ८४ बलको सामना गर्दै सर्वाधिक २३ रन बनाए । कप्तान रियान नायकले ११ बलमा ३ चौकाको सहयोगमा १५ रन जोडे ।

वेदान्स गुप्ता १२ रनमा अविजित रहँदा आकाश तेजा १० रनमा आउट भए । सिंगापुरका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका सुशील बहादुर रावल र अभय यादवले समान ३, शुभम खनालले २ तथा कप्तान विपिन प्रसाद शर्माले १ विकेट लिए ।

घरेलु टोली मलेसियालाई हराउँदै नेपालले फाइनल पुगेको थियो। सिंगापुरले सेमिफाइनलमा हङकङलाई पराजित गरेको थियो ।

नेपाल र सिंगापुर एकै समूहमा थिए । समूह चरणमा नेपालले सिंगापरलाई ६ विकेटले पराजित गरेको थियो ।

गत संस्करणको फाइनलमा मलेसियालाई २ सय २१ रनले हराउँदै नेपाल च्याम्पियन भएको थियो ।

  • २१ असार २०८२, शनिबार १३:०८ प्रकाशित
  • Nabintech