लुम्बिनी प्राविधिक विश्वविद्यालयले मनायाे तेस्राे वार्षिक उत्सव
  • काँचुली खबर

१८ असार, नेपालगन्ज । लुम्बिनी प्राविधिक विश्वविद्यालयले तेस्राे वार्षिक उत्सव मनाएकाे छ । बुधबार नेपालगन्जमा विशेष कार्यक्रमकाे आयाेजना गरि विश्वविद्यालयले वार्षिक उत्सव मनाएकाे हाे ।

कार्यक्रमकाे उद्घाटन लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री एवं सहकुलपति जन्मजय तिमिल्सिनाले गरे । उनले लुम्बिनी प्राविधिक विश्वविद्यालयले गति लिइसकेकाे र अब व्यवस्थापनलाई बलियाे बनाउनुपर्ने बताए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

कार्यक्रमका प्रमुख अतिथि तिमिल्सिनाले लुम्बिनी प्राविधिक विश्वविद्यालय नेपालमै पहिलो प्राविधिक धारको विश्वविद्यालय भएकाले यसलाई सबै मिलेर बलियो बनाउनुपर्ने बताएका हुन ।

“यो विश्वविद्यालय नेपालमै पहिलो प्राविधिक विश्वविद्यालय हो, आज भर्खर तीन वर्ष पुगेको छ, यसलाई बलियो बनाउन र सुधार गर्न सबैको उत्तिकै जिम्मेवारी र दायित्व हो” मन्त्री तिमिल्सिनाले भने, “३३ जना विद्यार्थीबाट सुरु भएको विश्वविद्यालयमा हाल दुई सय बढी विद्यार्थी अध्ययनरत छन्, यति छोटो समयमा यत्ति धेरै प्रगति हुनु खुसीको कुरा हो, यसलाई निरन्तर अगाडि बढाउन सबैको हातेमालोको आवश्यक छ ।”

कार्यक्रमलाई प्रदेश सभा सदस्यहरु रत्न खत्री, चन्द्रकेश गुप्ता, वादशाह कुर्मी लगायतले सम्बोधन गरेका थिए ।

विश्वविद्यालयका डीन डा. निरज केसीले सूचना प्रविधि, इन्जिनियरिङ, कृषि तथा वन विज्ञान, पर्यटनलगायतको क्षेत्रमा उच्च शिक्षाको प्रवर्धन गर्नुका साथै प्रविधि र नवप्रवर्तनको प्रयोग र विकासमा टेवा दिने उद्देश्यले २०७९ साल असार १८ गते लुम्बिनी प्रदेश सरकारको प्रदेश सभाको ऐनमार्फत विश्वविद्यालय स्थापना भएको जानकारी दिए ।

उनले स्नातक र स्नातकोत्तर तहमा व्यावसायिक ज्ञानसहित व्यावहारिक सीप सम्पन्न दक्ष जनशक्ति उत्पादन गरेर सिद्धान्त र अभ्यासको समायोजनमार्फत वास्तविक जीवनका समस्याहरु समाधान गर्न सक्ने क्षमतायुक्त विद्यार्थी उत्पादन गर्ने विश्वविद्यालयको मिसन भएको उल्लेख गरे ।

विश्वविद्यालयले आगामी शैक्षिक सत्रबाट स्नातकोत्तरमा सिभिल इन्जिनियरिङका कन्स्ट्रक्सन म्यानेजमेन्ट र उर्वन प्लानिङ त्यसैगरी स्नातकमा जिओम्याट्रिक इन्जिनियरिङ र बिटेक इन एलएलबीजस्ता कार्यक्रम सञ्चालन गरिने उद्देश्य रहेको बताए ।

कुलसचिव रेगबहादुर भण्डारीले लुम्बिनी प्रदेश सरकारको गौरवको योजनाका रुपमा विश्वविद्यालय स्थापना भएको बताउँदै आज तेस्रो वर्ष पूरा गर्नु केवल उत्सवका लागि मात्र नभएर सबैको सामूहिक प्रयास, समर्पण र दूरदृष्टिको उत्सव भएको बताए ।

२०८० साल मङ्सिर १३ गते पहिलो अभिमुखीकरण कार्यक्रम गरेर स्नातक तहको पढाइ सञ्चालन गरेको विश्वविद्यालयले हाल स्नातक तहमा चार वटा र स्नातकोत्तर तहमा हालसालै दुई वटा कार्यक्रम सञ्चालन गरेको छ । विश्वविद्यालयमा हाल दुई सय बढी विद्यार्थी अध्ययनरत छन् ।

  • १८ असार २०८२, बुधबार २०:३५ प्रकाशित
  • Nabintech