काँचुली खबर
१८ असार, कोहलपुर । मुलुकभर कक्षा ११ र १२ पढाइ हुने झण्डै ५ हजार माविहरु छन् । ग्रेडिङ प्रणालीबाट रिजल्ट प्रकाशित गरिरहेको राष्ट्रिय परीक्षा बोर्डले वि.सं. २०७९ बाट ‘नन ग्रेडिङ’ प्रणाली लागु गरेको छ । कक्षा ११ को परीक्षा माविहरुलाई आफ्नै स्कुलमा संचालन गर्ने अधिकार दिइएको छ । कक्षा १२ को परीक्षा मात्रै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्छ ।
राष्ट्रिय परीक्षा बोर्डले ‘नन ग्रेडिङ’ प्रणाली लागु गरेपछिको तीन वर्षमा बाँकेको कोहलपुरमा धेरै विद्यालयहरुले कक्षा ११ र १२ पढाइ सुरु गरेका छन । भौतिक पूर्वाधारले सम्पन्न अधिकाशं विद्यालयले प्लस-टु को पढाई सुरु गरेपनि अझैं कतिपय विद्यालयहरुले भने कक्षा संचालनमा ल्याउन सकेका छैनन् ।
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
आज हामी कोहलपुर नगरपालिका अन्तर्गत संचालित कक्षा ११-१२ सम्म पढाइ हुने सामुदायिक तथा संस्थागत विद्यालय र त्यहाँ अध्ययन हुने संकाय तथा विषयहरुका बारेमा जानकारी दिन गईरहेका छौं ।
सामुदायिक विद्यालयहरु :
१) कृष्ण माध्यमिक विद्यालय
कोहलपुर नगरपालिका वडा नं. १ कौशिलानगरमा रहेको कृष्ण माविले ११-१२ कक्षाको पढाई संचालन गर्दै आईरहेको छ । शिक्षा, कानून र व्यवस्थापन संकाय अन्तर्गत साधारण धारका सबै विषयहरू पढाई हुने उक्त विद्यालय कोहलपुर क्षेत्रकै स्थापित विद्यालयमा पर्छ ।
२) जन ज्ञानज्योति माध्यमिक विद्यालय
कोहलपुर नगरपालिका वडा नं. १ कौशिलानगरमा रहेको जन ज्ञानज्योति माध्यमिक विद्यालयले ११-१२ कक्षामा कम्प्युटर विज्ञानसँगै शिक्षा र व्यवस्थापन संकाय अन्तर्गतका सबै विषयहरू पढाउँदै आएको छ ।
३) लक्ष्मी माध्यमिक विद्यालय
कोहलपुर नगरपालिका वडा नं. २ बर्दहवामा रहेको लक्ष्मी माध्यमिक विद्यालयले ११-१२ कक्षामा शिक्षा र व्यवस्थापन संकाय अन्तर्गतका सबै विषयहरू पढाउँदै आएको छ । साथै विद्यालयमा प्राविधिक संकाय अन्तर्गत कक्षा ९ देखि १२ सम्म कृषि बाली विज्ञानमा विषयमा समेत पढाई हुन्छ ।
४) सगरमाथा ज्ञानपुञ्ज मावि
कोहलपुर ४ स्वतन्त्रनगरमा रहेको सगरमाथा ज्ञानपुञ्ज माविमा ११-१२ मा शिक्षा र ब्यवस्थापनका कक्षाहरु संचालन हुँदै आएका छन । शिक्षातर्फ नेपाली, अंग्रेजी, गणित र स्वास्थ्य तथा व्यवस्थापन संकायतर्फ होेटल म्यानेजमेन्टसहित साधारण धारका सबै विषयहरू पढाई हुने उक्त विद्यालयले जनाएको छ ।
५) त्रिभुवन माध्यमिक विद्यालय
कोहलपुरको सबैभन्दा पुरानो विद्यालयको रुपमा स्थापित त्रिभुवन माध्यमिक विद्यालयले विगत १८ वर्षदेखी प्लस टु का कक्षाहरु संचालन गर्दै आईरहेको छ ।कोहलपुर-१० विद्यानगरमा रहेको उक्त विद्यालय कोहलपुर क्षेत्रकै पहिलो नमुना विद्यालय समेत हो । विज्ञान, व्यवस्थापन, मानविकी तथा सामाजिक विज्ञान, शिक्षा तथा प्राविधिक धारतर्फका कक्षाहरु संचालन गर्दै आईरहेको उक्त विद्यालयमा CTEVT अन्तर्गत ३ वर्षे सिभिल इनिजिनियरिङ, कम्प्युटर इन्जिनियरिङ (१८ महिने प्रि डिप्लोमा ३ वर्षे डिप्लोमा), तथा २४ महिने एप्रेन्टिसिप तालिम (आइ टी र बाल विकास) का कक्षाहरु समेत संचालनमा रहेका छन ।
६) ज्ञानज्योति माध्यमिक विद्यालय
कोहलपुर नगरपालिका वडा नं. १२ चप्परगौडी रहेको ज्ञानज्योति माध्यमिक विद्यालयले लामो समयदेखी ११-१२ कक्षाको पढाई संचालन गर्दै आईरहेको छ । शिक्षा, विज्ञान, कानून, व्यवस्थापन र प्राविधिक (CTEVT) संकाय अन्तर्गतका विषयहरू पढाई हुने उक्त विद्यालय कोहलपुर क्षेत्रकै स्थापित विद्यालयमा पर्छ । यस विद्यालयमा प्राविधिक धारतर्फ सिभिल इन्जिनियर प्रि डिप्लोमा, सिभिल इन्जिनियर डिप्लोमा र जियोमेटिक इन्जिनियर डिप्लोमाका कक्षाहरु संचालन हुँदै आएका छन ।
७) नेपाल राष्ट्रिय माध्यमिक विद्यालय
कोहलपुर १३ खड्कवारमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले कक्षा ११-१२ मा शिक्षा र व्यवस्थापन संकायका काक्षाहरु संचालन गर्दै आईरहेको छ ।
८) राम माध्यमिक विद्यालय
कोहलपुर १४ बैजनाथपुर रहेको राम माध्यमिक विद्यालयले समेत कक्षा ११-१२ मा शिक्षा र व्यवस्थापन संकायका काक्षाहरु संचालन गर्दै आईरहेको छ ।
संस्थागत विद्यालयहरु :
१) ब्राइटलाइट एकेडेमी
विगत लामो समयदेखी कोहलपुरको शिक्षा क्षेत्रमा योगदान पुर्याउँदै आएको ब्राइटलाइट एकेडेमी कोहलपुर १ कौशिलानगरमा रहेको छ । होटल म्यानेजमेन्ट र कम्प्यूटर विज्ञानका साथै व्यवस्थापन संकायका सबै विषयहरु पढाई हुने उक्त विद्यालयमा शिक्षा संकायमा नेपाली, अंग्रेजी, स्वास्थ्य र गणित विषयका कक्षाहरु संचालन हुँदै आएका छन ।
२) गोरखा युनाइटेड पब्लिक स्कुल
संस्थागत विद्यालयतर्फ आफुलाई स्थापनाकालदेखी नै अब्बल सावित गर्दै आएको गोरखा युनाइटेड पब्लिक स्कुलले विज्ञान तथा ब्यवस्थापन संकायका सबै विषयहरु संचालन गर्दै आईरहेको छ । प्राविधिक धार तर्फ कृषि विज्ञानकालागी छुट्टै संरचना खडा गरेको गोरखा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउने स्कुलमा पर्दछ ।
कोहलपुर नगरपालिका वडा नं. २ मा रहेको उक्त विद्यालय यस क्षेत्रका विद्यार्थी तथा अभिभावकको रोजाईमा पर्दै आएको छ । कृषि बिज्ञान पढन अब बिद्यार्थीहरुलाई नगर छोडनु पर्ने बाध्यतालाइ गोरखा युनाइटेड पबिलक स्कुलले राहत दिएको छ । एसईई दिएर बसेका बिद्यार्थीका लागी यसै शैक्षिक सत्र देखि गोरखाले कृषि बिज्ञान विषयको पठनपाठन शुरु गर्ने भएको छ । निश्चित कोटामा मात्र अध्यापन गराइने यस बिद्यालयमा पढन भने निकै प्रतिस्पर्धा गर्नुपर्ने अबस्था छ तर पनि नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा तोकिए बमोजिम छात्रबृत्तिमा भने गरीब जेहेन्दार बिद्यार्थीलाइ पढन अबसर प्रदान गरीने बिद्यालयका लेखा प्रमुख कर्ण बस्नेतले बताए । बिज्ञान र ब्यबस्थापन विषयमा अब्बल शिक्षा दिने गोरखा स्कुल नगरमै नमुना विद्यालयमा गनिन्छ ।
३) सेन्चुरी एजुकेशनल एकेडेमी
कोहलपुर २ मा रहेको सेन्चुरी एजुकेशनल एकेडेमीले कक्षा ११-१२ मा शिक्षा, व्यवस्थापन र कानुन संकायका काक्षाहरु संचालन गर्दै आईरहेको छ ।
४) एभरेस्ट सैनिक स्कूल
बाँकेको कोहलपुर २ मा रहेको एभरेष्ट सैनिक सेकेण्डरी स्कुलले एसईई दिएर वकिल बन्ने सपना बोकेका विद्यार्थीहरुको सपना पुरा गरिदिनेछ । ६० को दशक अघि ल पढन राजधानि धाउनुपर्ने बाध्यात्कम परिस्थिती रहने गर्दथ्यो तर पछिल्लो समय शिक्षाका आयामहरुमा थपिएका अवसरहरुले कोहलपुर आसपास रहेका विद्यार्थीहरुकालागि अब राजधानि हैन कोहलपुर मै कानुन पढ्न पाउने अबसर एभरेष्ट सैनिक स्कुलले जुराईदिएको हो । यसका अलावा ब्यवस्थापन र कम्प्युटर साईन्सको समेत अध्यापन हुने यस स्कुलले गत वर्ष कक्षा १२ को नतिजा उत्कृष्ट ल्याउन सफल भएको थियो ।
स्मार्ट कक्षा कोठा, कला संगित स्टुडियो, कम्प्युटर ल्याव, स्पोर्ट कम्प्लेक्स र प्राथामिक स्वास्थ्य उपचार कक्षसहितको शिक्षा दिने एभरेष्ट सैनिक स्कुल अन्य बिषय भन्दा कानुन विषयकालागि कोहलपुरमा चर्चित रहेको छ । विद्यार्थीहरुको चाहना र उनीहरुको मनोभाव केलाएर अध्यापन हुने दावि गर्दै प्रिन्सिपल महेन्द्र शर्माले अध्यापन र अध्ययन गर्नेहरुकालागि आफ्नो स्कुल पाएकका रुपमा रहेको दावि गर्छन ।
५) वेष्टर्न इ.मि सेकेन्डरी स्कूल
कोहलपुर ५ मा रहेको वेष्टर्न इ.मि सेकेन्डरी स्कूलले कक्षा ११-१२ मा ब्यवस्थापन संकायतर्फ होटल म्यानेजमेन्ट र कम्प्यूटर विज्ञानका कक्षाहरु संचालन गर्दै आईरहेको छ ।
६) बालविद्या सेकेन्डरी स्कूल
गत वर्ष सञ्चालित एसइइमा बाँके जिल्लामै ४ जिपिए ल्याएर चर्चा कमाएको कोहलपुर ६ मा रहेको बिभिएम सेकेण्डरी स्कुल समेत नयाँ विद्यार्थीहरुकालागि रोजाईको स्कुल हुन सक्ने आँकलन गरिएको छ । राम्रो अध्यापन हुने स्कुलका रुपमा दर्ज भएको बिभिएम स्कुलले कक्षा ११ का लागि बिज्ञान, ब्यबस्थापन होटेल म्यानेजमेन्ट र कम्प्युटर कक्षा सञ्चालनकालागि भर्ना खुलेको जनाएको छ ।
प्रिन्सिपल गोविन्द सुवेदीले पारीवारिक वातावरण र तनाव रहित शिक्षा सिक्नकालागि बिभिएम स्कुल नै विद्यार्थीहरुको रोजाईमा पर्न सक्ने दावि गर्छन । प्रयोगात्मक कक्षा, शैक्षिक भ्रमण र सिकाईका नयाँ आयामकासाथ दक्ष जनशक्ति परिचालन गर्दै विद्यालयले पछिल्लो समय शैक्षिक श्रीबृद्धिमा उचाई थपेको छ ।
७) नमुना विद्या सदन
कोहलपुर ८ मा रहेको नमुना विद्या सदनले कक्षा ११-१२ मा ब्यवस्थापन संकायतर्फ कम्प्यूटर विज्ञान र शिक्षा संकायका कक्षाहरु संचालन गर्दै आईरहेको छ ।
विद्यालयका प्रबन्ध निर्देशक शिव डाँगीले समय काल र परिस्थितीसंगै हिड्न चाहने विद्यार्थीहरुकालागि होटेल म्यानेजमेन्ट शैक्षिक बजार अलि बढि माग भएको विषय भएकाले विद्यालयले यो विषयलाई निरन्तरता दिएको जिकिर गरेका छन । अहिलेको वजार टेक्निकलहरुको नै भएको र माग समेत बढदै गएपछि आफनो विद्यालयले कम्प्युटर साईन्सलाई निरन्तरता दिएको बताए ।
८) रामजानकी माध्यमिक विद्यालय
कोहलपुर १० मा रहेको रामजानकी माध्यमिक विद्यालय कोहलपुरकै पुरानो विद्यालयमध्ये एकमा पर्दछ । लामो समयदेखी शिक्षा क्षेत्रमा योगदान पुर्याउँदै आएको रामजानकी स्कुलले कक्षा ११-१२ मा ब्यवस्थापनतर्फ कम्प्युटर विज्ञान र होटल म्यानेजमेन्ट सहित साधारण धारका सबै विषयहरु पढाउँदै आएको छ ।
कोहलपुर क्षेत्रको निजि बिद्यालयहरुमाझ जेष्ठ विद्यालय समेत रहेको राम जानकी मा.बि. मा कक्षा ११-१२ लाई कम्प्युटर साईन्सका अलावा शिक्षा, बिज्ञान र वाणिज्य संग सम्बन्धित विषयहरुको समेत अध्यापन हुने गरेको छ । २०४२ सालमा कोहलपुरमा पहिलो पल्ट निजि विद्यालयको रुपमा स्थापना भएको रामजानकी २०६३ देखि प्लस टु सञ्चालन गरेको हो ।
९) बागेश्वरी एकेडेमी
विद्यार्थीका लागी अर्को गन्तब्य वागेश्वरी एकेडेमी हुन सक्छ । कक्षा ११(१२ तर्फ विज्ञान र ब्यबस्थापन संकायमा पढाइ हुने यस एकेडेमीका सञ्चालक नै कोहलपुरका लब्ध प्रतिष्ठित ब्यक्तित्व रहेकै कारण पनि पढाइमा गुणस्तरता हुने कोहलपुरवासिको विश्वास रहेको छ । विज्ञान र ब्यवस्थापन शिक्षालाई जोड दिएको कोहलपुर १० मा रहेको वागेश्वरी एकेडेमीले दुवै संकायमा साधारण धारका सवै विषयहरुको अध्यापन गराउदै आएको छ ।
उत्कृष्ट नतिजासँगै गर्बिलो ईतिहास बोकेको वागेश्वरी एकेडेमीले शान्त, मनोरञ्जनात्म वातावरणमा विद्यार्थीहरुलाई नविनतम टुल्सकासाथ अध्यापन गराईरहेको विद्यालयका प्रिन्सिपल श्रीधर गोराथोकी बताउँछन ।
१०) तक्षशिला एकेडेमी
कोहलपुर १० मा रहेको तक्षशिला एकेडेमीले साधारण धारका सबै विषयहरुका अलावा यस वर्ष पनि कम्प्युटर विज्ञान र होटेल म्यानेजमेन्टका कक्षाहरु सञ्चाचलन गर्ने गरि आफ्नो तयारीलाई तिब्र पारेको छ ।
विगतका वर्षहरुमा जस्तै यस वर्षपनि कम्प्युटर विज्ञान र होटेल म्यानेजमेन्टको लागि विद्यालयले थप पुर्वाधारहरु थपेको भन्दै विद्यालयका अध्यक्ष विष्णु प्रसाद वेल्वासेले सिकाई र प्रयोगात्मक कक्षाका लागि तक्षशिला एकेडेमी सबैको रोजाईमा पर्ने स्कुल भएको बताए । उनले सिकाई सिक्न चाहनेहरुलाई विद्यालयले कुनै कसर बाँकी नराखेको भन्दै आफुहरु गुणस्तरिय शिक्षामा सदैब दत्तचित्त भएर लागिरहेको उल्लेख गरे ।
११) जीवनज्योति स्कुल
कोहलपुर १० मा रहेको जीवनज्योति स्कुल यस क्षेत्रमा चर्चित छ । विशेषगरी विद्यालय सानो कक्षाकालागी चिर्चित उक्त विद्यालयले हालै मात्र प्लस टुका कक्षाहरु थप गरेको हो । यस विद्यालयमा विज्ञान र व्यवस्थापन संकायका कक्षाहरु संचालन हुँदै आएका छन ।
१२) डाइनामिक माध्यमिक विद्यालय
कोहलपुर ११ मा रहेको डाइनामिक माध्यमिक विद्यालय पनि यहाँका विद्यार्थीहरु माझ चर्चित नाम हो । स्थापनाकालदेखी नै दक्ष जनशक्ती उत्पादन गर्न सफल रहँदै आएको डाइनामिकमा विज्ञान, व्यवस्थापन, कानुन र शिक्षा संकायका कक्षाहरु संचालन हुँदै आएका छन । कोहलपुर क्षेत्रमै पहिलो पटक आफ्नो कोर्षमा जापानिज तथा कोरियन भाषा समावेश गरेको उक्त विद्यालयले व्यवस्थापन संकायतर्फ कम्प्युटर विज्ञान समेत पढाउँदै आएको छ ।
१३) के.एम.सी. सेकेन्डरी स्कूल
कोहलपुरको मुटु एनटिभि रोडमा रहेको कोहलपुर मोडेल कलेजमा नगरमै पहिलोपल्ट एम.बि.एस. शिक्षाको शुरुवात गरीएको छ । बिबि.एस. र एमबिएस सम्मको अध्ययन हुने यस कलेजमा कक्षा ११-१२ पढेर थप शिक्षा लिन चहाने बिद्यार्थीका लागी यो अर्को घर आगनको अबसर हो । फाइनान्स, मार्केटिङ्ग, हियुमन रिसोर्च जस्ता संकायमा पढाइ हुने यस कलेजको आफ्नै भबन समेत रहेको छ । २०६९, २०७०, २०७२ र २०७४ सालमा मध्य तथा सुदुर पश्चिम मै सर्वोत्कृष्ट नतीजा ल्याउन सफल यस कलेजले आफ्ना बिद्यार्थीहरुलाई बैंक तथा बित्तिय संस्था र उद्योगहरुमा रोजगारीको लागी सम्पर्क बढाइदिने समेत कार्य गर्ने गरेको कलेज प्रमुख सञ्जिब बाबु पंगेनिले दाबि गरेका छन ।
यस वर्षदेखि कक्षा ११ मा केएमसि सेकेण्डरी स्कुलले बिज्ञान, ब्यबस्थापन,कानुन र शिक्षा संकायमा विद्यार्थीहरु भर्ना गर्ने सोच वनाएको छ । दक्ष जनशक्ति रहेको दावि गर्ने केएमसि शैक्षिक बजारमा नाम चलेको विद्यालय हो । साईन्स अन्तरगत फिजिक्स, क्यामेस्टि, बायोलोजि र शिक्षा अन्तरगत अंग्रजी, नेपाली, गणित अध्ययन गर्न सक्ने अवसर जुराएको केएमसिले कम्प्युटर विज्ञान र होटेल ब्यवस्थापन समेत थप्ने लक्ष्य राखेको छ ।
१४) ग्रिनपिस इ.मि स्कूल
कोहलपुर १२ रहेको ग्रिन पिस इ.मि स्कूल पनि पुरानो ईतिहास पनि लामो छ । विगत लामो समयदेखी विद्यालय शिक्षामा योगदान दिदैं आएको ग्रिन पिस स्कूलले कक्षा ११-१२ मा विज्ञान र व्यवस्थापन संकायका कक्षा संचालन गरीरहेको छ । व्यवस्थापनतर्फ कम्प्युटर विज्ञानलाई प्राथमिकतामा राखेको उक्त स्कुलले साधारण धारका अन्य सबै विषय समेत पढाउँदै आएको छ ।