फोन सम्वादका कारण थाइल्यान्डका प्रधानमन्त्री सिनावात्रा निलम्बित
  • काँचुली खबर

१७ असार, काठमाण्डौं । थाइल्यान्डका प्रधानमन्त्री पेटोङटार्न सिनावात्रा निलम्बित भएकी छन् । मंगलबार संवैधानिक अदालतले कम्बोडियासँगको कूटनीतिक विवादमा उनीमाथि छानबिन शुरू गर्दै निलम्बन गरेको हो ।

“संवैधानिक अदालतले ७-२ को बहुमतले प्रतिवादीलाई जुलाई १ देखि आफ्नो निर्णय नगरेसम्म प्रधानमन्त्रीको दायित्वबाट निलम्बन गर्छ,” विज्ञप्तिमा भनिएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

३८ वर्षीया सिनावात्रालाई उनका बुबा एवं पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राले शाही मानहानिको आरोपमा फौजदारी अदालतको सामना गर्नुपरेको दिन नै झट्का लागेको छ।

कम्बोडियासँग लामो समयदेखि चलिरहेको क्षेत्रीय विवाद मे महिनामा सीमापार झडपमा परिणत हुँदा एक कम्बोडियाली सैनिकको मृत्यु भएको थियो ।

उक्त तनावबारे कम्बोडियाका पूर्वनेता हुन सेनसँग टेलिफोन वर्ताकाक्रममा सिनावात्राले ‘काका’ भनेको र एक थाई सैन्य कमान्डरलाई आफ्नो ‘प्रतिद्वन्द्वी’ भनेर उल्लेख गरेको अडियो बाहिरिएको थियो ।

त्यसपछि सिनावात्रा विवादमा तानिएकी थिइन् । सांसदहरूले उनलाई कम्बोडियासामु झुकेको र सेनालाई कमजोर बनाएको आरोप लगाएका थिए ।

  • १७ असार २०८२, मंगलवार १४:११ प्रकाशित
  • Nabintech