यी हुन सर्वाधिक कमाइ गर्ने २५ नेपाली फिल्म
  • काँचुली खबर

काठमाडौं । नेपाली चलचित्रले ६ दशक लामो इतिहास बनाएको छ । चलचित्र ‘आमा’ बाट सुरु हुने चलचित्रको यो लम्बेतान यात्रामा सैयौँ संख्या थपिए । आजको मितिसम्म आइपुग्दा यसमध्ये कति चलचित्रले सर्वाधिक कमाइ गरे होलान् ?

पछिल्लो समय ‘पूर्णबहादुरको सारङ्गी’ले कमाइको नयाँ कीर्तिमान बनाएसँगै धेरैलाई उत्सुक बनाइरहेको प्रश्न हो यो । यही प्रश्नलाई सम्बोधन गर्दै चलचित्र विकास बोर्डले सर्वाधिक आर्जन गर्ने २५ फिल्मको नाम सार्वजनिक गरेको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

यतिबेला चलचित्र विकास बोर्डले २५औं वार्षिकोत्सव मनाइरहेको छ । सोही मेसोमो बोर्ड २५ वटा त्यस्ता फिल्मको सूची सार्वजनिक गरेको छ, जसले ६० वर्ष यताको दौडमा सर्वाधिक कमाइ गरेको छ ।

यस सूचीको अग्रपंक्तिमा छ, पूर्णबहादुरको सारङ्गी । सरोज पौडेल निर्देशित फिल्मले १७ लाख टिकट विक्री गर्न सफल भएको थियो भने त्यसबाट कूल ४६ करोड ८७ लाख ४१ हजार रुपैयाँ बढी आम्दानी गरेको छ ।

दोस्रो नम्बरमा छ, कवड्डी-४ । यस फिल्मले २१ करोड ४० लाख रुपैयाँ बढी कमाइ गरेको छ । तेस्रोमा छ, १२ गाउँ । विराज भट्ट र समीर भट्ट स्टारर फिल्मले १९ करोड ९२ लाख बढी आर्जन गरेको छ । त्यसपछिको सूचीमा समावेश छ, छक्का पञ्जा ४ । दीपकराज गिरी र दीपाश्री निरौलाको यस फिल्मले १७ करोड ५३ करोड बढी कमाइ गर्‍यो ।

फिल्म ‘जारी’ कमाइको यो श्रृंखलामा पाँचौं नम्बरमा छ । उपेन्द्र सुब्बा निर्देशित यस फिल्मले १७ करोड ४७ लाख बढी आर्जन गरेको छ । यस्तै छैठौं नम्बरमा छक्का पञ्जा १ सूचिकृत छ । जसले १६ करोड १० लाख बढी कमाएको छ । सातौं नम्बरमा महाजात्रा छ । प्रदीप भट्टराई निर्देशित फिल्मले १५ करोड ६७ लाख बढी कमाइ गरेको छ।

आठौं नम्बरमा छक्का पञ्जा ५ को नाम छ, जसले १५ करोड २० लाख बढी कमाइ गरेको छ । नवौंमा कोहिनुर छ । श्रीकृष्ण श्रेष्ठ स्टारर फिल्मले १४ करोड ७५ लाख बढी आर्जन गरेको छ ।

दशौं नम्बरमा छक्का पञ्जा २ को नाम छ, जसले १४ करोड ५१ लाख कमाइ गरेको छ । यस्तै ११ औं नम्बरमा शत्रुगते सूचीकृत छ । यस फिल्मले १२ करोड ६५ लाख बढी कमाइ गरेको छ ।

१२औं नम्बरमा छ, ऊनको स्वीटर । नविन चौहान निर्देशित फिल्मले १० करोड ६२ लाख आर्जन गरेको छ । यस्तै १३औं नम्बरमा कवड्डी-२ छ । यस फिल्मले १० करोड ३५ लाख बढी कमाएको छ । त्यस्तै बोक्सीको घर १४औं नम्बरमा छ । यस फिल्मले १० करोड १० लाख बढी कमाइ गरेको छ ।

१५औं नम्बरमा छ माया छपक्कै सूचीकृत छ । यस फिल्मले ९ करोड ९२ लाख बढी कमाइ गरेको छ । १६औं नम्बरमा दिमाग खराब छ । यस फिल्मले ८ करोड ९८ लाख बढी कमाएको छ । यस्तै १७औं नम्बरमा अन्जली सूचिकृत छ । यस फिल्मले ८ करोड ८३ लाख बढी कमाएको छ ।

१८औं नम्बरमा परदेशी २ छ । यस फिल्मले ७ करोड ९२ लाख बढी कमाएको छ । यस्तै १९ औं नम्बरमा छक्का पञ्जा ३ सूचिकृत छ । यस फिल्मले ७ करोड ८३ लाख आर्जन गरेको छ ।

फिल्म प्रेमगीत-३, २०औं नम्बरमा छ । यो फिल्मले ७ करोड ६३ लाख बढी कमाइ गरेको छ ।

यस्तै कबड्डी-कबड्डी-कबड्डी यो सूचीको २१औं नम्बरमा छ । यस फिल्मले ७ करोड ५९ लाख बढी कमाएको छ । २२औं नम्बरमा पुजार सार्की छ, जसले ७ करोड ३८ लाख बढी कमाएको छ ।

२३औं नम्बरमा महापुरुष छ । यस फिल्मले ७ करोड ३५ लाख बढी कमाइगरेको छ । यस्तै कवड्डी २४औं नम्बरमा छ । यस फिल्मले ७ करोड ३४ लाख बढी कमाएको छ ।

यो सूचीको पुच्छरमा छ, पशुपतिप्रसाद-२ (भष्मे डन) । यो फिल्मले ७ करोड ३२ लाख कमाइ गरेको छ ।

हालसम्म नेपाली चलचित्रले टिकट विक्रीमार्फत गरेको कमाइको आँकडा हो यो, जुन चलचित्र विकास बोर्डमा अभिलेख छ । यस आँकडाले चलचित्रको सफलता वा गुणस्तरलाई भने पूर्णत मापन गर्दैन । किनभने चलचित्रको बजेट र समयले यसको कमाईको अंकलाई बढी अर्थपूर्ण बनाउँछ ।

यद्यपि कमाइको यस आँकडालाई हेर्दा पूर्ण बहादुरको सारङ्गी, कवड्डी, छक्का पञ्जा जस्ता सोसल ड्रामा रुचाएको देखिन्छ ।

  • १७ असार २०८२, मंगलवार १३:१३ प्रकाशित
  • Nabintech