१५ असार, काेहलपुर । बाँकेमा आइतबार धान रोपिरहेको खेतमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ लालपुरमा आइतबार दिउँसो धान रोपिरहेको खेतमा चट्याङ पर्दा एक महिलाको मृत्यु भएको र दुई जना घाइते भएको बाँके प्रहरीले जनाएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक पातलीले चट्याङ लागेर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ दाङकी ४५ वर्षीया सीता चौधरीको मृत्यु भएको जानकारी दिए ।
मृतक सीता राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ स्थित माइती घरमा धान रोप्नका लागि आएको प्रहरीले जनाएको छ ।
चट्याङमा परी मृतक सीतासहित २४ वर्षीया निर्मला थारु र १५ वर्षीया गरीमा थारु घाइते भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार घाइते तीनै जनालाई उपचारका लागि स्थानीय राप्ती सोनारी अस्पतालमा लगिएकाे थियो ।
सीताको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको थियो भने अन्य दुई जना घाइतेलाई थप उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
१५ असार २०८२, आईतवार १९:४२ प्रकाशित