राप्तीपारीकाे दु:ख : नदि कटानबाट जाेगिन बाँसकाे आपतकालीन तटबन्ध
  • काँचुली खबर

१५ असार, नेपालगञ्ज । १५ असार २०७९ असोजमा राप्ती नदीमा आएको बाढीबाट क्षतिग्रस्त राप्ती सोनारी गाउँपालिकाको खल्ला झगडिया क्षेत्रमा आपतकालीन तटबन्ध निर्माण सुरु गरिएको छ । बाढीले तटबन्ध क्षतिग्रस्त भएको दुई वर्षपछि जनताको तटबन्ध कार्यक्रम लमहीले खल्ला झगडियामा बेम्बोपाइलिङ प्रविधिबाट तटबन्ध निर्माण गर्न लागेको हो ।

जनताको तटबन्ध कार्यक्रमका आयोजना प्रमुख डा. नारायण सुवेदीको नेतृत्वमा इन्जिनियर सहितको टोली एक सातादेखि निर्माणस्थलमा खटिएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

तटबन्ध निर्माण गरी राप्ती सोनारी गाउँपालिका- ७ खल्ला झगडिया क्षेत्र र नरैनापुर गाउँपालिकाको सोनवर्षा लगायत दुई दर्जन बढी गाउँलाई बाढीबाट बचाउने अभियानमा सो टोली जुटेको छ ।

स्थानीयवासी र बाँकेका जनप्रतिनिधिको पटकपटकको ध्यानाकर्षणपछि जनताको तटबन्ध कार्यालयले बर्खा सुरु हुनै लाग्दा आपतकालीन तटबन्ध निर्माण सुरु गरेको राप्ती सोनारी गाउँपालिकाका प्रमुख तप्त पौडेलले बताए ।

राप्ती नदी किनारामा रहेको खल्ला झगडिया क्षेत्र राप्ती नदी कटानको उच्च जोखिममा छ । नदी कटानबाट त्यस क्षेत्रका करिब ३० हजार जनता बाढीको उच्च जोखिममा छन् ।

स्थानीयको दबाबका बाबजुद यो क्षेत्रमा १५/१६ वर्षदेखि पक्की तटबन्ध निर्माण हुन सकेको छैन । पक्की तटबन्ध निर्माण नहुँदा बर्खा बाढी र डुबानको त्रासमा बाँच्न विवश भएको स्थानीय दुर्गाप्रसाद पाण्डेले बताए ।

तटबन्ध निर्माणका लागि बजेट र निर्माण सामग्री अर्थात् ढुंगाको अभावका कारण तटबन्ध निर्माणले गति लिन सकेको छैन । जनताको जीउधन र खेतीयोग्य जमिन नदी कटानबाट जोगाउन राप्ती नदीका दुवै किनारामा पक्की तटबन्ध निर्माणका लागि विशेष कार्यक्रम सञ्चालन गर्न बाँकेका जनप्रतिनिधिले सरकारको ध्यानकर्षण गराउँदै आएका छन् ।

जनताको तटबन्ध कार्यक्रम लमहीका आयोजना प्रमुख डा. नारायण सुवेदी आफैं निर्माणस्थलमा खटेर आपतकालीन तटबन्ध निर्माण सुरु गरेपछि नरैनापुरका जनताले केही राहत महसुस गरेको नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाहले बताए ।

खल्ला झगडिया क्षेत्रमा करिब ४५० मिटर लामो पक्की तटबन्ध मंसिर २०८३ सम्म सम्पन्न गर्ने गरी साइमा दुर्गा भिन्सी भेजीले ६ करोड ५ लाखको लागतमा ठेक्का लिएर काम सुरु गरेको आयोजना प्रमुख डा. नारायण सुवेदीले बताए । निर्माण हुन लागेको तटबन्धमा बेस ३० मिटर, उचाइ ६ मिटर र टपमा ५ मिटर चौडाइ हुनेछ ।

२०७१ सालमा आएको बाढीबाट खल्ला झगडियालगायत बाँकेका दुई दर्जन बढी गाउँ प्रभावित भएका थिए । सो वर्ष बाँकेमा बाढीबाट १५ जनाको मृत्यु, ५ जना बेपत्ता र २ जना घाइते भएका थिए । बाढीबाट २ हजार ७७१ घर पूर्ण रूपमा र ७ हजार ९९२ घर आंशिक गरी १० हजार ७६३ घरमा क्षति भएको थियो ।

  • १५ असार २०८२, आईतवार १५:०३ प्रकाशित
  • Nabintech