कोहलपुरका सुन पसल अनिश्चितकालकालागी बन्द
  • काँचुली खबर

१३ अुसार, कोहलपुर । सरकारले ल्याएको कर नितिको विरोधमा कोहलपुरका सुनचाँदी व्यवसायीहरु आन्दोलित भएका छन । अब्यवहारिक कर नीतिको विरोधमा बाँके सुनचाँदी तथा गहना व्यवसायी संघ र मध्य तथा सुदूरपश्चिम सुनचाँदी व्यवसायी संघले संयुक्त रुपमा आज कोहलपुरमा विरोध प्रदर्शन गरेका छन ।

पसल बन्द गरेर व्यवसायीहरु नाराबाजीसहित विरोध र्यालीमा उत्रिएका हुन । उनीहरूले “करको नाममा ठगी बन्द गर”, “व्यवसायीको शोषण होइन संरक्षण चाहिन्छ”, “अब्यवहारिक कर नीति खारेज गर” जस्ता नारा लगाएका थिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

व्यवसायीहरूले सरकारले जवरजस्ती लादिरहेको कर संरचना अनुचित, बोझिलो र व्यवसाय विनाश गर्ने खालको भएको आरोप लगाएका छन्। उनीहरूले आफ्नो माग सुनुवाइ नभएसम्म सुनचाँदी तथा गहना व्यवसाय अनिश्चितकालीन बन्द गर्ने घोषणा समेत गरेका छन्।

बाँके सुनचाँदी तथा गहना व्यवसायी संघका पदाधिकारीहरूले सरकारलाई तत्काल कर नीतिमा पुनरावलोकन गर्न आग्रह गर्दै भने, “हामी कर दिन तयार छौं, तर तर्कसंगत र व्यवहारिक आधारमा । अहिलेको कर नीति हामीमाथिको अन्याय हो ।”

उनीहरूले कर प्रणालीको पुनरावलोकन, व्यवसायीहरूसँग परामर्श र समन्वयमा नीति निर्माणको माग राखेका छन्। व्यवसायीहरूको आन्दोलनका कारण कोहलपुर क्षेत्रमा अधिकांश सुनचाँदी पसलहरू बन्द भएका छन्।

  • १३ असार २०८२, शुक्रबार १४:५१ प्रकाशित
  • Nabintech