अबिरल परेको बर्षातका कारण नेपालगन्ज उपमहानगरपालीकाका अधिकांस क्षेत्र डुवानमा परेका छन । निरन्तरको बर्षाका कारण नेपालगन्जको मुख्य बजार न्युरोड, घरबारीटोल, सेतुबिक चोक, त्रिबेणीमोड, गणेशपुर बाँके गाउँ लगाएतका स्थान डुवानमा परेका हुन । मुख्य बजार संगै रत्न राजमार्गको सुर्खेतरोड सडक पनि जलमग्न बनेको छ ।
सडक डुवानमा परेपछी सवारी साधनलाई आउजाउमा समस्या भएको छ । नेपालगन्जमा अधिकांस सडकहरु र निर्माणको क्रममा रहेकोले डुवानको समस्या निम्तिएको हो । हरेक बर्ष जसो बजार डुवानमा पर्ने गरेपनि नेपालगन्ज उपमहानगरपालीकाले त्यसको स्थाई समाधानका लागी पहल गरेको पाईएको छैन । ढल निकासका लागी नेपालगन्ज उपमहानगरपालीकाले कुनै कदम नचाल्दा डुवानमा पर्ने गरेको सर्बसाधारणहरु बताउछन ।

वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
राष्ट्रबैंक पनि जलमग्न बनेपछी सेवाग्राहीरु प्रबाभित बनेका छन । नेपालगन्ज उपमहानगरपालीका संगै खजुरा गाउँपालीका, कोहलपुर नगरपालीकाका पनि केही स्थान जलमग्न बनेका छन । स्थानीय खोला तथा नालाहरुमा पनि पानिको सतह बढदै गैरहेको छ । बाँकेको राप्ति नदिमा पनि पानीको सतह बढदै गएपछी नदी तटिय क्षेत्रका बासीन्दालाई सजक रहनका लागी जिल्ला प्रसासन कार्यालय बाँकेले अनुरोध गरेको छ ।





२० श्रावण २०७५, आईतवार १४:३५ प्रकाशित