बाँकेका आठ पालिकाले ल्याए ७ अर्बको बजेट
  • काँचुली खबर

१३ असार, कोहलपुर । बाँकेका आठ स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । १० असारभित्र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार बाँकेका आठ स्थानीय तहले निर्धारित समयमै बजेट ल्याएका हुन् ।

बाँकेमा एक उपमहानगरपालिका, एक नगरपालिका र ६ गाउँपालिका रहेका छन् । क्षेत्रफलमा देशकै सबैभन्दा ठूलो पालिका राप्तीसोनारी र देशभरमै सबैभन्दा बढी जनसंख्या भएको बैजनाथ गाउँपालिका बाँकेमै पर्छन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

बाँकेका ८ पालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि सात अर्ब बढीको बजेट सार्वजनिक गरेका छन् । स्थानीय तहहरूले नगर-गाउँसभामा पेश गरेका बजेट जोड्दा सात अर्ब नौ करोड ७२ लाख ७२ हजार हुन आउँछ ।

जिल्लामा सबैभन्दा धेरै बजेट ल्याउने स्थानीय तहमा नेपालगन्ज उप-महानगरपालिका रहेको छ । उप-महानगरपालिकाले एक अर्ब ६४ करोड ७१ लाख ४६ हजारको बजेट ल्याउँदा कोहलपुर नगरपालिकाले एक अर्ब १६ करोड ७० लाखको बजेट सार्वजनिक गयो ।

गाउँपालिकामध्ये सबैभन्दा ठूलो बजेट बाँकेको राप्तीसोनारी गाउँपालिकाले सार्वजनिक गरेको छ । राप्तीसोनारीको बजेट एक अर्ब २० करोड ६ सय २९ हजार रुपैयाँको रहेको छ । यसैगरी, खजुरा गाउँपालिकाले ८५ करोड ७२ लाख ३१ हजार पाँच सय ७१ रुपैयाँ, बैजनाथ गाउँपालिकाले ८२ करोड २१ लाख ५२ हजार एक सय ५३ रूपैयाँ, डुडुवागाउँपालिकाले ५६ करोड १६ लाख ८ हजार रूपैयाँको बजेट सार्वजनिक गरेका छन् ।

जानकी गाउँपालिकाले ५२ करोड ३६ लाख ९६ हजार ६ सय २१ रुपैयाँ र नरैनापुर गाउँपालिकाले ५१ करोड ६३ लाख ३८ हजार रूपैयाँको बजेट सार्वजनिक गरेका छन् ।

बाँकेका नरैनापुर र बैजनाथ गाउँपालिकाको बजेट चालू आर्थिक वर्ष २०८१/८२ को तुलनामा घटेको छ । आगामी आव २०८२/८३ मा नरैनापुर गाउँपालिकामा पाँच करोड कम बजेट विनियोजन गरिएको छ । चालू आर्थिक वर्ष ०८१/८२ मा नरैनापुरमा ५६ करोड ६१ लाख ९१ हजार रूपैयाँ बजेट विनियोजन गरिएको थियो ।

यसैगरी बैजनाथ गाउँपालिकामा चालू आर्थिक वर्षभन्दा ७ लाख कम बजेट विनियोजन गरिएको छ । बैजनाथको चालू आवको बजेट ८२ करोड २८ लाख २४ हजार रहेको थियो ।

नरैनापुर र बैजनाथ बाहेक बाँकेका अन्य स्थानीय तहमा भने बजेटको आकार बढेको छ । चालू आवमा नेपालगन्ज उपमहानगरपालिका एक अर्ब ५० करोड ३८ लाख ८६ हजार, कोहलपुर नगरपालिका एक अर्ब ११ करोड ९८ लाख रूपैयाँको बजेट विनियोजन गरिएको थियो । यसैगरी, राप्तीसोनारी ८५ करोड ८० लाख ८४ हजार र खजुरा ७८ करोड ९२ हजार बजेट निर्धारण गरिएको थियो भने जानकीले ५१ करोड ५४ लाख ४२ हजार र डुडुवा ५१ करोड २५ लाखको बजेट विनियोजन गरेका थिए ।

  • १३ असार २०८२, शुक्रबार १३:२७ प्रकाशित
  • Nabintech