हत्याको आरोपमा २१ वर्षपछि सार्की बाँकेबाट पक्राउ
  • काँचुली खबर

१२ असार, नेपालगन्ज । कर्तव्य ज्यान मुद्धामा फरार एक जनालाई प्रहरीले २१ वर्षपछि पक्राउ गरेको छ । पाल्पाको पूर्वखोला गाउँपालिका वडा नं. १ गुनडाँडा बस्ने ५५ वर्षीय चिनीसरा सार्कीको हत्या गरी फरार सोही स्थानका ६६ वर्षीय पूर्ण बहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

पूर्ण बहादुर भारतमा लुकिछिपी बसेको र नेपाल फर्किएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाको टोलीले बिहिबार बिहान करिब ४ बजेको समयमा नेपालगन्ज उप-महानगरपालिका १५ स्थित जमुनाह भन्सारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख पवन कुमार भट्टराई पत्रकार सम्मेलन गरि जानकारी दिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

मृतकको छोरीले दोस्रो बिहे गरि अन्यत्र गएपछि झगडा हुँदा पूर्ण बहादुरले कुटपिट गरि घाँटी थिचेर हत्या गरि भारत तर्फ भागी फरार रहेको प्रहरीले जनाएको छ । पूर्ण बहादुरलाई मुलुकी ऐन, २०२० को ज्यान सम्बन्धी महलको १ नम्बर बमोजिम ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत, पाल्पाबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४ (१) बमोजिम ५ दिन म्याद लिई जिल्ला प्रहरी कार्यालय पाल्पाबाट थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

  • १२ असार २०८२, बिहीबार १९:२२ प्रकाशित
  • Nabintech