बाँकेका मौर्य सहित १४ जना कृषकलाई राष्ट्रिय पुरस्कृत
  • काँचुली खबर

१० असार, नेपालगन्ज । बाँके हिरमिनियाका किसान जयपाल मौर्य देशकै उत्कृष्ट किसानकारुपमा सम्मानित भएका छन् । काठमाडौं मंगलबार आयोजित भब्य कार्यक्रमकाबीच मौर्य सहित देशभरका १४ जना कृषकलाई राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत गरीएको हो ।

कृषि तथा पशुपक्षी विकास मनत्रालयद्वारा राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सातै प्रदेशको प्रतिनिधित्व हुने गरी एक प्रदेशबाट दुई जनालाई पुरस्कार प्रदान गरेका छन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

पुरस्कृत हुने कृषकहरूमा कोशी प्रदेशवाट सुरेशकुमार मेहता (आर्य कृषि फर्म) र रमेश साह (रमेश कृषि फर्म), मधेस प्रदेशवाट भरतकुमार यादव (शम्भुनाथ माछा फर्म) र हीराबहादुर थापा मगर (निजगढ केरा एग्रीकल्चर), बाग्मती प्रदेशवाट चेतप्रसाद ढकाल (कालिका पशु विकास केन्द्र) र दयाराम मचामसि (ग्रिनलाईन एग्रो प्राली), गण्डकी प्रदेशबाट छिरिङ ढोका गुरुङ (ङवाङ हिसी कृषि तथा पशुपक्षी अर्गानिक फर्म) र बाटुली तिवारी (मित्र वाटिका कृषि फर्म), लुम्बिनी प्रदेशबाट जयपाल मौर्य (खाद्यन्न वाली) र सुवास कुर्मी (शान्ति उन्नत पशुपालन तथा माछा फर्म) छ्न् ।

त्यस्तै, कर्णाली प्रदेशबाट गोविन्द ओली (तरकारी खेती) र भरतनाथ योगी (सुन्तला खेती) र सुदूरपश्चिम प्रदेशबाट प्रेमप्रसाद जोशी (खप्तड पशुपक्षी तथा कृषि फर्म) र लोकबहादुर थापा (कैलाशेधरी कृषि तथा पोल्ट्री फर्म प्राली) छ्न् । पुरस्कृत कृषकलाई जनही दुई लाख रुपियाँ प्रदान गरिएको छ ।

मौर्यको परिवारले लामो समयदेखि व्यवसायिक मकै र आलु खेती गर्दै आएका छन् । आर्थिक बर्ष २०८०/८१ मा कृषि ज्ञान केन्द्र बाँकेबाट उत्कृष्ट कृषकका रुपमा सम्मानित भएका उनलाई ज्ञान केन्द्रले नै राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कारका लागि सिफारिस गरेको थियो ।

  • १० असार २०८२, मंगलवार १९:०३ प्रकाशित
  • Nabintech