कोहलपुरमा खुल्यो “स्टुडियो ब्लेन्ज बारबर सप”
  • काँचुली खबर

१० असार, कोहलपुर । बाँकेको कोहलपुरमा स्टुडियो ब्लेन्ज बारबर सप संचालनमा आएको छ । दुई युवतीले कोहलपुर ११ पिपल चौतारा नजिकै संचालनमा ल्याएको उक्त सपको सोमबार उद्घाटन गरीएको छ । कोहलपुर ६ का एलिजा आरसी र प्रीजा आरसीले संयुक्त, रुपमा उक्त सप स्थापना गरेका हुन ।

कोहलपुर नगरपालिकाकी उपमेयर संगीता सुवेदीले सपको उद्घाटन गर्दै सफलताको शुभकामना ब्यक्त गरीन । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि सुवेदीले सौन्दर्य व्यवसायमा महिला नेतृत्वको यो पहल प्रेरणादायी भएको उल्लेख गरीन । स्टुडियो ब्लेन्जले गुणस्तरीय सेवा दिनुका साथै रोजगार र सीप विकासमा योगदान पुर्याउने विश्वास ब्यक्त गर्दै सुवेदीले नगरपालिकाको तर्फबाट यस्ता नवप्रवर्तनशील व्यवसायलाई साथ र समर्थन रहने उनको भनाई थियो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डी गैरेले नयाँ व्यवसायले नगरको आर्थिक गतिविधिमा ताजगी ल्याउने बताए । नयाँ पुस्ताले व्यवसायिक सोच लिएर अगाडि बढेको देख्दा खुशी लागेको उल्ले गर्दै गैरेले आवश्यक सल्लाह, समन्वय र सहकार्यकालागी उद्योग वाणिज्य संघ सधैं तयार रहने बताए ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख लक्ष्मी खनालले व्यवसायिक अनुशासन, सुरक्षाबोध र सेवाको शुद्धता आवश्यक भएको उल्लेख गर्दै भनिन्, “जसरी सेवा प्रवाह गरिन्छ, त्यसले ग्राहकको मन जित्छ । यहाँको सैलुनले त्यसतर्फ ध्यान दिनेछ भन्ने विश्वास छ ।” युवापुस्ताले गलत बाटोको सट्टा यस्ता सिर्जनशील व्यवसाय रोज्नु राम्रो संकेत भएको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै सौन्दर्यकर्मी तथा लुम्बिनी प्रदेश ब्युटिसियन संघ अध्यक्ष सुनिता आरसीले सौन्दर्य क्षेत्र अहिलेको दिनमा एक व्यवसाय मात्र नभई सीप र सिर्जनाको एक सुन्दर यात्रा भएको बताईन । सैलुनले तालिम, सेवा र सशक्तिकरणलाई जोड दिने हो भने सफलताको नमूना बन्नेमा उनले जोड दिईन ।

सपको उद्देश्यबारे जानकारी दिँदै स्टुडियोकी अध्यक्ष एलिजा आरसी भनिन्, “स्टुडियो ब्लेन्ज बारबर सप केवल सौन्दर्य सेवा दिने ठाउँ होइन, यो युवाहरूको सीप विकास र स्वरोजगारको प्लेटफर्म पनि हो ।”

त्यस्तै लगानीकर्ता प्रीजा आरसीले भनिन्, “हामी महिलाहरूले अब व्यवसायमै पनि नेतृत्व लिन सक्छौं भन्ने उदाहरण पेश गर्न चाहेका हौं । यस सैलुनमार्फत आत्मनिर्भरता र अवसरको ढोका खोल्ने प्रयास गरेका छौं ।”

  • १० असार २०८२, मंगलवार १८:०८ प्रकाशित
  • Nabintech