कोहलपुरमा युके र अष्ट्रेलिया एजुकेसन फेयर सम्पन्न
  • काँचुली खबर

१० असार, कोहलपुर । ग्लोबल युनी नेटवर्कले कोहलपुरमा युके तथा अष्ट्रेलिया एजुकेसन फेयर सम्पन्न गरेको छ । कोहलपुरको न्यु रोडमा रहेको कन्सलटेन्सीले कक्षा १२ पछिका विद्याथीहरुलाई लक्षित गरि एजुकेसन फेयर गरेको हो ।

विगत ३ वर्ष देखि उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई परामर्श उपलब्ध गराउँदै आएको कन्सलटेन्सीले युके र अष्टे«लियाका प्रतिनिधिहरुको उपस्थितीमा विद्यार्थी तथा अभिभावकहरुसँग छलफल गरेको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

अहिलेसम्म ग्लोबल युनी नेटवर्कले १०० भन्दा बढी विद्यार्थीहरुलाई उच्च शिक्षाको लागि अन्य देश पठाई सकेको ग्लोबल युनी नेटवर्कका म्यानेजिंग डाईरेक्टर नविन राज बुढाले बताए । अरु कन्सलटेन्सी भन्दा सहज र छरितो तरिकाले सेवा उपलब्ध गराउने भएकाले कन्सलटेन्सीप्रति विद्यार्थीहरुको आकर्षण बढिरहेको प्रमुख कार्यकारी अधिकृत लेखनाथ खड्काले बताए ।

यस अघि ग्लोबल युनी नेटवर्कले गत वर्षको असोज महिनामा प्रथम ग्लोबल युनी नेटवर्क टी १० पुरष क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो र यो वर्ष पनि उक्त प्रतियोगितालाई निरन्तरता दिईने डाईरेक्टर बुढाले बताए ।

एजुकेशन फेयरमा युकेकालागि निशुल्क प्रोसेसिंग गराउने आयोजकले जनाएको छ ।

  • १० असार २०८२, मंगलवार १४:३५ प्रकाशित
  • Nabintech