‘जेन-जी’ पुस्ताको रोजाईमा प्राविधिक शिक्षा
  • काँचुली खबर

१० असार, नेपालगन्ज । आजको युग बिज्ञान र प्रबिधिको युग हो । नेपालमा दिनानुदिन प्राबिधिक शिक्षाको महत्त्व बढिरहेको देखिन्छ । नेपालगन्जमा स्थापना भएको लुम्विनी प्राविधिक विश्व विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीको सँख्या हरेक वर्ष बढ्नुले समेत यस क्षेत्रमा युवाहरुको रुची बढ्दै गएको देखिएको हो ।

प्राविधिक शिक्षाका साथै सूचना प्रविधि, इन्जिनियरिङ, कृषि, वन तथा पर्यटन लगायतका क्षेत्रमा उच्च शिक्षालाई अगाडि बढाउने उद्देश्यले लुम्विनी प्रदेश सरकारले बाँकेको नेपालगन्जमा लुम्विनी प्राविधिक विश्व विद्यालय स्थापना गरेको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

नेपालगञ्ज उपमहानगरपालिका स्थित गणेशमान चोक नजिकै वन डिभिजन परिसरमा रहेको लुम्विनी प्राविधिक विश्व विद्यालयले तुलनात्मक रुपमा निजि क्याम्पस भन्दा एक तिहाई सस्तोमा शैक्षिक कार्यक्रम अध्यापन गराउदै आएको छ ।

२०७९ असार १८ गते स्थापना भएको लुम्बिनी प्राविधिक विश्वविद्यालयले वि.टेक ईन सिएस एण्ड एआई (कम्प्युटर साइन्स एण्ड आर्टिफिसिएल ईन्टिलिजेन्स), वि.टेक ईन सिभिल इन्जिनियरिङ, वि.टेक ईन आइ टी इन्जिनियरिङ र वि.टेक ईन आईटी गरी चार वटा शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको कुल सचिव रेग बहादुर भण्डारीले जानकारी दिए ।

लुम्विनी प्रदेश सरकारले यस विश्वविद्यालयलाई गौरवको योजना अन्तर्गत राखेको छ । विश्वविद्यालयले गत वर्ष देखि विद्यार्थी भर्ना गरेर कक्षा सञ्चालन गर्दै आएको छ । विद्यालयको श्रोत अनुसार हाल करिब २०० जना विद्यार्थी अध्ययनरत छन् ।

सुरुवाती अवस्थामा विश्वविद्यालयले २०८० सालको शैक्षिक सत्रदेखि स्नातक तहमा दुई वटा पाठ्यक्रम सुरु गरेको थियो । जसको शुल्क समेत ४ वटा वर्गमा विभाजन गरेको कुलसचिव रेग बहादुर भण्डारीले बताए । जस अनुसार साधारण शुल्क भनेर सिएस र एआईको लागि एक लाख २९ हजार पाँच सय रुपैँया र आईटीका लागि एक लाख १५ हजार रुपैँया रहेको थियो ।

अर्को प्रायोजित वर्गमा विश्वविद्यालयले पालिकाहरुसँग सहकार्य गरेर विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा स्थानीय तहको सहयोगमा यो कार्यक्रम संचालन गर्दै आएको छ ।

‘यी वर्गमा नपर्नेलाई विभिन्न क्षेत्रमा आरक्षित कोटामा छात्रवृत्ति प्रदान गछौं । यसमा पछाडि परेका वर्गहरु र नेपाल सरकारले तोकेको वर्गलाई समानुपातिक रुपमा मिलाएर चार जनालाई पूर्ण छात्रवृत्ति दिन्छौं’ कुलसचिव भण्डारीले भने ।

यस्तै विश्वविद्यालयले पूर्ण शुल्किय वर्ग समेत निर्धारण गरेको छ । जसमा सिएस र एआई पाठ्यक्रमका लागि पाँच लाख १७ हजार पाँच सय रुपैँया र आईटी तर्फ चार लाख ६० हजार रुपैँया शुल्क तोकिएको थियो ।

कुलसचिव भण्डारीले सुरुवाती अवस्था बारे जानकारी गराउदै पहिलो विद्यार्थी भर्नामा दुई वटा शैक्षिक कार्यक्रममा प्रवेश परिक्षाका लागि ४० जना विद्यार्थी आवेदन दिएपनि ३३ जनाले भर्ना गरेको बताए ।

विश्वविद्यालयले असारको अन्तिममा स्नातक तहका विद्यार्थीहरुका लागि अभिमुखिकरण समेत सञ्चालन गर्ने योजना बनाएको छ ।

  • १० असार २०८२, मंगलवार १२:४३ प्रकाशित
  • Nabintech