इस्ट जोन क्रिकेट : जापान ९ विकेटले पराजित
  • काँचुली खबर

१० असार, काठमाडौँ । एसीसी पुरुष यू-१६ इस्ट जोन क्रिकेट प्रतियोगितामा नेपालले जापानलाई ९ विकेटले हराएको छ । मलेसियास्थित कोजल टुन्कु जाफर ओभलमा जापानले दिएको ८१ रनको लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका शिवान्स बजगाईं ३८ तथा प्रसिद्ध जैसी ३३ रनमा अविजित रहे। जोय थापा १ रनमा आउट भए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

टस जितेर पहिले ब्याटिङ रोजेको जापानले ३४.३ ओभरमा सबै विकेट गुमाउँदै ८० रनको योगफल बनायो । जापानका लागि कप्तान चार्ली हाराहिन्जले सर्वाधिक ३६ रन बनाए । त्यस्तै गबी हाराहिन्जले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि शुभम खनालले ५ विकेट लिए । अभय यादवले २ तथा सुशील रावल र विपिनप्रसाद शर्माले समान १ विकेट लिए । यसअघि नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको थियो ।

नेपालले दोस्रो खेलमा अपराजित रहँदै ४ अंक जोडेको छ । जापानको यो पहिलो हार हो । पहिलो खेलमा नेपालले सिंगापुर तथा जापानले भुटानलाई हराएको थियो ।

  • १० असार २०८२, मंगलवार १२:०२ प्रकाशित
  • Nabintech