रोटरी क्लब अफ सेन्ट्रल बाँकेमा नेतृत्व हस्तान्तरण
  • काँचुली खबर

७ असार, नेपालगन्ज । रोटरी क्लब अफ सेन्ट्रल बाँकेकाे छैठाैं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएकाे छ । नेपालगन्जमा शनिबार आयाेजित एक विशेष समाराेहमा रोटरी वर्ष २०२४/२५ का अध्यक्ष रो. डा. प्रचण्ड गौतमले वर्ष २०२५/२६ का अध्यक्ष रो. गङ्गा राम चौलागाईलाई पदभार हस्तान्तरण गरेका हुन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

हरेक वर्षको जुलाई देखि जुन महिनासम्मको एक वर्षे कार्यकाल रहने रोटरीको विधान रहेको छ ।

क्लबका सदस्यहरु एवं अन्य रोटरीयनहरुको विशेष उपस्तिथिमा आयाेजित कार्यक्रमकाे सभापतित्व वर्ष २०२४/२५ का अध्यक्ष रो. डा. प्रचण्ड गौतमले गरेका थिए । कार्यक्रममा क्लबले हालसम्म गरेका गतिविधि र आगामी योजनाहरूको बारेमा क्लव प्रेसिडेन्ट ईलेक्ट २०२५/२६ रो. ईश्वरी जंग मल्ल ठकुरीले प्रकाश पारेका थिए ।

कार्यक्रममा चार्टर्ड प्रेसिडेन्ट रो. डा. कुमार सान शाह लगायतका वक्ताहरूले क्लवले निर्बाह गरेको भुमिका प्रति सन्तोष व्यक्त गर्दै क्लवलाई अझ परिस्कृत बनाएर अगाडी बढाउन सवै रोटरियनले आ-आफ्नो क्षेत्रबाट सकारात्मक भुमिका खेल्नुपर्ने बताएका थिए ।

कार्यक्रमको संचालन क्लव सेक्रेटरी रो. विमल कुमार कार्किले गरेका थिए भने क्लव उपाध्यक्ष रो. डा. नवीन बुढाथोकीले स्वागत मन्तब्य मार्फत उपस्थित सहभागीहरुलाई स्वागत गरेका थिए ।

सिद्धार्थ हाेटल नेपालगन्जमा आयाेजित कार्यक्रममा ४५ जना क्लबका सदस्यहरु तथा रोटरीयनहरुकाे सहभागी रहेकाे क्लबका सचिव अशाेक पाेखरेलले जानकारी दिएका छन ।

  • ७ असार २०८२, शनिबार २२:०१ प्रकाशित
  • Nabintech