यूएईमा ११ महिनामा २८१ नेपालीको मृत्यु
  • काँचुली खबर

५ असार, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीको सिलसिलामा युनाइटेड अरब इमिरेट्स (यूएई) पुगेकामध्ये २८१ नेपालीको मृत्यु भएको छ ।

यूएईस्थित नेपाली दूतावासका अनुसार, २०८१ साउन १ देखि २०८२ जेठ मसान्तसम्मको अवधिमा यूएईमा उक्त संख्यामा नेपालीको मृत्यु भएको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

दूतावासले सार्वजनिक गरेको विवरणअनुसार २०८१ साउनमा ३०, भदौमा ३२, असोजमा ३३, कात्तिकमा ३५, मंसिरमा २४, पुसमा १३, माघमा २५, फागुनमा १७, चैतमा १७, २०८२ वैशाखमा ३५ र जेठमा २० नेपालीको मृत्यु भएको छ ।

पछिल्लो ११ महिनामा प्रत्येक महिना औसतमा २५ जनाभन्दा बढी नेपाली कामदारको मृत्यु यूएईमा भएको छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा यूएईमा २३१ नेपालीले ज्यान गुमाएका थिए । उक्त वर्ष प्रत्येक महिना औसतमा १९ जनाभन्दा बढी नेपालीको मृत्यु यूएईमा भएको थियो ।

सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयघात, मुटुसम्बन्धी रोग लगायतका कारण नेपालीले यूएईमा ज्यान गुमाउने गरेका छन् ।

  • ५ असार २०८२, बिहीबार १९:०३ प्रकाशित
  • Nabintech