विश्वकै उत्कृष्ट विद्यालयमा सुर्खेतको कोपिला भ्याली
  • काँचुली खबर

५ असार, वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित कोपिला भ्याली विद्यालयले विश्वकै प्रतिष्ठित शैक्षिक सम्मान प्राप्त गरेको छ ।

बेलायतमा रहेको शैक्षिक संस्था ‘टी-फोर एजुकेशन’ ले आयोजना गरेको विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार-२०२५ मा कोपिला भ्याली विद्यालय पर्यावरणीय पहल विधामा विश्वकै उत्कृष्ट १० विद्यालयभित्र पर्न सफल भएको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

सीएनएन हिरो अमेरिकी नागरिक म्यागी डोयनद्वारा सञ्चालित विद्यालयले वातावरणीय दिगोपनालाई शिक्षाको अभिन्न अङ्ग बनाएबापत महत्त्वपूर्ण शैक्षिक सम्मान हासिल गरेको हो ।

सामुदायिक सहकार्य, वातावरणीय पहल, नवप्रवर्तन, विपत्तिको सामना र स्वस्थ जीवनशैली गरी पाँच वटा विधामा ‘टी-फोर एजुकेशन’ ले विश्वभरका विद्यालयहरूलाई सम्मान गर्ने गर्दछ । यी सबै विधामा छानिएका कुल ५० उत्कृष्ट विद्यालयमध्ये कोपिला भ्याली एक हो ।

वातावरणीय पहल विधामा नेपालको कोपिला भ्यालीसँगै भारत, चिली, कोलम्बिया, फ्रान्स, इथियोपिया, संयुक्त अरब इमिरेट्स (यूएई), कोसोभो र पेरुका विद्यालयहरू अन्तिम प्रतिस्पर्धामा थिए ।

कोपिला भ्याली स्कुल व्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर मल्लले यो उपलब्धि नेपालकै लागि गौरवको विषय भएको बताए ।

विद्यालयले आफ्नो ‘हरियाली विद्यालय क्याम्पस’ परियोजनामार्फत वातावरणीय शिक्षालाई कक्षाकोठाभन्दा बाहिर लगेर व्यावहारिक बनाएको छ ।

  • ५ असार २०८२, बिहीबार १३:४७ प्रकाशित
  • Nabintech