३ असार, नेपालगन्ज । नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल तथा युट्युबमा भ्रमपूर्ण र अमर्यादित सामग्री प्रकाशन गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाग्लुङको निसिखोला गाउँपालिका-४ का ३६ वर्षीय रेशमराज पौडेल रहेका छन् । ‘ड्राइभर रेशम’ को नामले चिनिने उनलाई ब्युरोको टोलीले नेपालगञ्जबाट पक्राउ गरेको जनाएको छ ।
ब्युरोद्वारा मंगलबार जारी विज्ञप्तिअनुसार, पौडेलले युट्युबलगायतका डिजिटल प्लेटफर्ममा नियमित रूपमा विभिन्न व्यक्ति तथा संस्थालाई लक्षित गरी तथ्यहीन, आधारहीन र भ्रामक सामग्री प्रकाशन गर्दै आएका थिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उनले कानुनले वर्जित गरेका अपशब्द प्रयोग गरी नकारात्मक धारणा फैलाउने तथा सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्धका सामग्रीहरू निरन्तर प्रकाशन गर्ने गरेको प्रहरीको भनाइ छ ।
प्राविधिक विश्लेषण र अनुसन्धानबाट उनको संलग्नता खुलेपछि केन्द्रीय अनुसन्धान ब्युरोको टोलीको सहयोगमा ब्युरोले उनलाई नेपाल-भारत सिमा क्षेत्र (रुपैडिया) बाट पक्राउ गरेको हो ।
उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको ब्युरोले जनाएको छ।
३ असार २०८२, मंगलवार १७:०९ प्रकाशित