कोहलपुर मालपोत कार्यालयका खरिदारसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
  • काँचुली खबर

३ असार, कोहलपुर । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कोहलपुर बाँकेका खरिदार हरिचन्द्र पाण्डेसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरी सेवाग्राहीसँग रिसवत लिएको आरोपमा खरिदारसहित ४ जनाविरूद्ध अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

मालपोत कार्यालय कोहलपुरको मुद्दाफाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डे, खरिदार रतनबहादुर जिसी, लेखापढी व्यवसाय गर्ने शान्ति पुन र घनश्याम तिवारीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

उनीहरूले जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गर्ने भनेर लेखापढी व्यवसायी ९विचौलिया० मार्फत् सेवाग्राहीसँग घुसररिसवत लिने गरेको अख्तियारको आरोप छ ।

विचौलियामार्फत् सेवाग्राहीसँग २० हजार रूपैयाँ घुस लिई तिवारी रेष्टुरेण्ट सञ्चालक घनश्याम तिवारीलाई राख्न दिएकोबेला रकमसहित उनीहरूलाई नियन्त्रणमा लिएको अख्तियारका सहायक प्रवक्ता थपलियाले बताए ।

अख्तियारले चारै जनाविरूद्ध २० हजार रूपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।

  • ३ असार २०८२, मंगलवार १५:०१ प्रकाशित
  • Nabintech