२ असार, नेपालगन्ज । मृत्यु भएका, उमेर नपुगेका र भारतीय नागरिकलाई समेत गरी साढे ६ लाख सामाजिक सुरक्षा भत्ता वितरण गरी हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । बाँकेको तत्कालीन नरैनापुर गाउँ विकास समितिबाट मिलेमतोमा गैरलाभान्वित व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको भन्दै आइतबार अख्तियारले १७ जनाविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले भत्ता लिने र दिने दुवै पक्षलाई प्रतिवादी बनाएको छ ।
अख्तियारका अनुसार गाविसबाट वितरण आर्थिक वर्ष ०५७/५८ देखि ०७२/७३ सम्मको सामाजिक सुरक्षा भत्तामा हिनामिना भएको हो । भत्ता पाउन उमेर नपुगेका १९ जना व्यक्तिहरूलाई ज्येष्ठ नागरिक तथा दलित ज्येष्ठ नागरिकको रूपमा भत्ता वितरण गरिएको छ । त्यस्तै, नागरिकताको प्रमाणपत्र नभएको व्यक्तिलाई एकल महिलाको रूपमा र भारतमा विवाह गरी गएका महिलालाई एकल महिलाको रूपमा भत्ता दिइएको अख्तियारको दाबी छ । तत्कालीन सचिव र अध्यक्षले परिचयपत्र जारी गराई गैरलाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको अख्तियारको आरोपपत्रमा छ । यसरी वितरण गरिएको सामाजिक सुरक्षा भत्ता ६ लाख ५६ हजार सात सय रुपैयाँ छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको आरोपमा अख्तियारले साबिक नरैनापुर गाविसका तत्कालीन अध्यक्ष अजयकुमार श्रीवास्तवविरुद्ध ६३ हजार ६ सय, गाविससचिवहरू साबितराम कुर्मीविरुद्ध ६ लाख ५६ हजार सात सय र अशोककुमार श्रीवास्तवविरुद्ध ५८ हजार दुई सय रुपैयाँ बिगो दाबी गरेको छ । अख्तियारका अनुसार गाविसबाट साहजिमा खातुन, रामजीवन पासी, मनोरानी अहिर, रामचन्द्र धोबी र हामिया पठानिनले जनही ३० हजार सामाजिक सुरक्षा भत्ता लिएका थिए ।
त्यस्तै, लायसरिफ खाँ, मोमिना पठानिन, हरिराम अहिर र बारी खाँले जनही ३६ हजार भत्ता लिएका देखिएको छ । नन्कौ मुराउ र जंगली हडरियाले जनही ४२ हजार लिएका छन् । अवधराम बढहीले ४८ हजार रुपैयाँ लिएका थिए । उनीहरू सबैलाई अख्तियारले प्रतिवादी कायम गरेको छ । मृत्यु भइसकेकालाई पनि सामाजिक सुरक्षा भत्ता दिइएको थियो । मृत्यु भएएका पाटेश्वरीसिंह ठाकुर, मुज्फर खाँ, रामसुमझ कुर्मी, जलिल खाँ र रामसेवक कुर्मीसमेतको नाममा सामाजिक सुरक्षा भत्ता दिइएको छ ।
उनीहरूका नाममा वितरण गरिएको सामाजिक सुरक्षा भत्ताबराबरको बिगो तत्कालीन गाविससचिव साबितराम कुर्मीबाट असुलउपर हुने मागदाबी अख्तियारले लिएको छ । गाविस कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता लिएकोसमेत भेटिएको छ । मोती भुजुवाले ३६ हजार ६ सय र सन्तराम अहडीले ५८ हजार दुई सय रुपैयाँ सामाजिक सुुरक्षा भत्ता लिएका थिए । सामाजिक सुरक्षा भत्ता लिने भुजुवा र अहडीसमेत सबैलाई रकम लिएबराबरको बिगो अख्तियारले कायम गरेको छ ।
२ असार २०८२, सोमबार १५:५७ प्रकाशित