१ असार, कोहलपुर । लुटपाटमा संलग्न भएको आरोपमा कोहलपुरबाट ४ जना पक्राउ परेका छन । गत बिहीबार बेलुका करिब साढे १० बजेतिर तुलसीपुर उपमहानगरपालिका-९ बेलुवा आइसक्रिम फ्याक्ट्रि नजिक स्थानिय युवालाई लुटेर भागेका ४ जनालाई प्रहरीले कोहलपुरबाट नियन्त्रणमा लिएको हो ।
तुलसीपुर बसपार्कबाट मोटरसाइकलमा घरतर्फ जाँदै गरेको तुलसीपुर उपमहानगरपालिका-७ बस्ने २७ वर्षिय राजु चौधरीलाई अपरिचित ब्यक्तिहरुले लुटपाट गरेका थिए । फोन गर्ने बहानामा मोबाईल मागी चौधरीको साथमा रहेको ३९,००० नगद लुटेर फरार भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पिडित राजुले उक्त रकम बिमा तिर्नका लागि राखेको बताएका छन ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उनिबाट लुटेरा समुहले मोबाइल सहित मोटरसाइकलको लाइसेन्स ब्लुबुक र प्रेस कार्ड खोसि लिएकोमा लाईसेन्स सोहि नजिकै पौडेल हार्डवयर नजिक र मोबाइल आर्मि ब्यारेकबाट पिटि जाने क्रममा फेला पारि राखिदिएका थिए ।
शुक्रबार पिडितले ईलाका प्रहरी कार्यालय तुलसीपुरमा निवेदन दिएपछि लुटपाटमा संलग्न ४ जनालाई ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका-४ बस्ने १५ वर्षिय धनिराम बि।क, तुलसीपुर उपमहानगरपालिका-३ बस्ने १५ वर्षिय बिशाल पोख्रेल तुलसीपुर उपमहानगरपालिका-४ बस्ने २३ वर्षिय कुमार के।सी र सोहि ठाउँ बस्ने २१ वर्षिय नन्दे भन्ने शिरिस परियार रहेको प्रहरी निरीक्षक राणाले बताए ।
१ असार २०८२, आईतवार १७:१७ प्रकाशित