३१ जेठ, कोहलपुर । नेकपा (माओवादी केन्द्र), कोहलपुर नगर समितिले दुई महिने श्रम अभियान संचालन गर्ने भएको छ । शनिबार बसेको नगर पार्टीको पाँचौं पूर्ण बैठकले दुई महिने श्रम अभियान संचालन गर्ने निर्णय गरेको अध्यक्ष बल बहादुर खड्का (अबिरल) ले जानकारी दिए ।
असार र साउन महिनामा तराई क्षेत्रमा धान खेती हुने भएकाले दुई महिना पार्टीले जनतासँग प्रत्यक्ष जोडिने गरी श्रम अभियान संचालन गर्ने तयारी गरेको खड्काले बताए । उनले पार्टीसँग आवद्ध हरेक सदस्य श्रम अभियानमा जोडीने गरी अभियान संचालन गरीने बताए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
साथै वर्खाको समयमा हुनसक्ने सम्भावित विपद नियन्त्रण तथा उद्दार कार्यमा खट्न समेत नगर पार्टीले आफ्ना सदस्यहरुलाई निर्देशन जारी गरेको छ । नगरका १५ वटै वडा कमिटिमा आवद्ध सदस्यहरुलाई सम्भावित विपदबाट हुनसक्ने जोखिम नियन्त्रणकालागी आ-आफ्नो वडामा क्रियाशिल रहन निर्देशन जारी गरीएको नगर पार्टी सचिव निरक बहादुर शाहीले जानकारी दिए ।
पार्टी केन्द्रिय सदस्य उषा पुनको प्रमुख आतिथ्यता तथा नगर अध्यक्ष खड्काको अध्यक्ष्तामा सम्पन्न बैठकले नगरभित्र विभिन्न क्षेत्रमा देखिएका समस्या समाधानकालागी सम्बन्धित कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउने निर्णय समेत गरेको शाहीले बताए ।
३२ जेष्ठ २०८२, शनिबार १८:०४ प्रकाशित