२९ जेठ, काठमाडौं । एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको छ । विमानमा चालक दलसहित २४२ यात्रु सवार थिए ।
विमान लन्डनतर्फ उडान भर्दै गर्दा टेकअफको क्रममा विमानस्थलको सीमा नजिकै दुर्घटनाग्रस्त भएको थियो । विमानस्थल क्याम्पससँगै रहेको एयर कस्टम कार्गो कार्यालय नजिकै विमान दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा उत्पादन भएको ‘बी७८७-ड्रिमलाइनर’ जहाज हो । यसको दर्ता नम्बर ‘भीटी–एएनबी’ हो ।
यो जहाजले सन् २०१३ डिसेम्बर १४ मा पहिलो सफल परीक्षण उडान गरेको थियो । त्यसपछि २०१४ जनवरीमा बोइङले यो जहाज एयर इन्डियालाई हस्तान्तरण गरेको थियो ।
अहमदावाद विमानस्थल समुद्र सतहबाट २ सय फिट उचाइमा अवस्थित छ । जहाजले धावनमार्ग छाडेर ६ सय २५ फिट उचाइमा पुग्नासाथ झरेको थियो । जहाज खस्दा प्रतिमिनेट ४ सय ७५ फिटको गतिमा खसेको थियो ।
धावनमार्ग छाडेको दुई मिनेट नहुँदै जहाज दुर्घटनाग्रस्त भएको थियो ।
एयर इन्डियाले आफ्नो एक्स अकाउन्टमा दुर्घटनाको पुष्टि गर्दै लेखेको छ, ‘अहमदाबाद-लन्डन गेटविक उडान गर्ने उडान नम्बर एआई-१७१ आज, १२ जुन २०२५ मा दुर्घटनामा परेको छ।’ एयरलाइन्सले थप जानकारी सङ्कलन गर्ने प्रयास गरिरहेको र सकेसम्म चाँडो थप अपडेटहरू साझा गर्ने बताएको छ।
विमान खस्ने बित्तिकै सम्पूर्ण क्षेत्रमा धुवाँको मुस्लो देखिएको थियो । दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेको छ भने ७ वटा दमकल र एम्बुलेन्स पनि दुर्घटनास्थलमा पुगेका छन्। उद्धार कार्य सुरु गरिएको छ। एनडीआरएफका २ वटा टोली पनि उद्धार कार्यमा संलग्न छन्।
३० जेष्ठ २०८२, बिहीबार १६:०६ प्रकाशित